उदयपुरमा अबैध काठ चोरी निकासी

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० बाबरीमा चोरी निकासीगरी राखिएको अबैध काठ बरामद गरिएको छ । स्थानीय बाबरी र बरुवा सामुदायिक बन उपभोक्ता समुहले घाटगद्धीमा राखेको काठ आईतबार स्थानीय केशब बहादुर खत्रीको घरबाट बरामत गरिएको हो ।

बरामत गरिएको काठ खत्री लगायत उनको समुहले चोरीगरी लुकाएको अवस्थामा फेला परेको बाबरी साबउसका अध्यक्ष अभिमनु खड्काले बताए । अध्यक्ष खड्काका अनुसार खत्रीको समुहले लकडाउनको समय पारेर काठ चोरी गर्ने गरेको थियो ।

जसको मुल्य करिब १ लाख बराबर पर्नेे अनुमाण गरिएको छ । पक्राउ परेको काठ अहिले अनुसन्धानको लागि बाबरी साबउसको कार्यालय राखिएको बरुवा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष निरबहादुर राईले बताए ।

Facebook Comments