बलान सामुदायिक बनद्धारा उपभोक्ताहरुलाई राहत बितरण

उदयपुर । उदयपुरको एक सामुदायिक बन उपभोक्ता समुहद्धारा लकडाउनबाट प्रभाबित आफ्नो उपभोक्ताहरुलाई राहत सामाग्री बितरण गरेको छ । बितरण गर्नेमा जिल्लाको उदयपुरगढी गाउँपालिका– ७ घ्याम्पे स्थित बलान सामुदायिक बन उपभोक्ता समुह रहेको छ ।

समितिले कोरोना भाईरसको कारण लागेको लकडाउनबाट प्रभाबित आफ्नो उपभोक्ताहरुलाई राहत बितरण गरिएको समुहका अध्यक्ष किरण लुङ्गेली मगरले बताए । अध्यक्ष मगरका अनुसार ०७६÷७७ को बार्षिक कार्यक्रम अन्तरगत गरिबी निवारण कार्यक्रम अन्तरगत उपभोक्तालाई राहत सामाग्री बितरण गरिएको हो । राहत बितरणको क्रममा उपभोक्ताहरुलाई दुई भागमा बर्गीकृत गरिएको थियो ।

जसमा अत्तिबिपन्न र बिपन्न रहेका छन् । सबै बर्गीकृत उपभोक्ताहरुलाई प्याकेजमा २ पोका तेल, २ पोका नुन, २ केजी दाल र ४ डल्ला साबुन बितरण गरिएको छ । त्यसैगरि अतिबिपन्न ६३ घरधुरीलाई ३५ केजी चामल र बिपन्न १० घरधुरीलाई ३० केजी चामल बितरण गरिएको सचिब ध्रुब रानामगरले बताए । सचिब मगरका अनुसार बन उपभोक्ता समुहमा ७३ घरधुरी आबद्ध रहेका छन् ।

राहत सामाग्री बितरण कार्यक्रमा एक नम्बर प्रदेश सांसद् नारायण बुर्जामगर, जिल्ला समन्वय समिति उदयपुरका सदस्य कुल बहादुर खपाङ्गी मगर, नेपालटार सब डिभिजन कार्यालयका प्रतिनिधि गिरिराज पोखरेल, नेपाल पत्रकार महासंघ उदयपुर सहसचिब गजेन्द्र राई, प्रेस संगठन नेपाल उदयपुरका सदस्य होम बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments