लकडाउनबाट प्रभाबित सामुदायिक बनको उपभोक्ताहरुलाई राहत बितरण


उदयपुर ।
उदयपुरको एक सामुदायिक बन उपभोक्ता समुहद्धारा लकडाउनबाट प्रभाबित आफ्नो उपभोक्ताहरुलाई राहत सामाग्री बितरण गरेको छ । बितरण गर्नेमा जिल्लाको उदयपुरगढी गाउँपालिका– ७ अधेरी स्थित विश्व कन्चन सामुदायिक बन उपभोक्ता समुह रहेको छ ।

समितिले कोरोना भाईरसको कारण लागेको लकडाउनबाट प्रभाबित आफ्नो सबै उपभोक्ताहरुलाई राहत बितरण गरिएको समुहका अध्यक्ष भिमबहादुर बस्नेतले बताए । अध्यक्ष बस्नेतका अनुसार ०७६÷७७ को बार्षिक कार्यक्रम अन्तरगत गरिबी निवारण कार्यक्रम अन्तरगत उपभोक्तालाई राहत सामाग्री बितरण गरिएको हो । राहत बितरणको क्रममा उपभोक्ताहरुलाई तिन भागमा बर्गीकृत गरिएको थियो ।

जसमा अत्तिबिपन्न, बिपन्न र मध्येमबिपन्न रहेका छन् । सबै बर्गीकृत उपभोक्ताहरुलाई प्याकेजमा २ पोका तेल, २ पोका नुन, २ केजी दाल र ४ डल्ला साबुन बितरण गरिएको छ । त्यसैगरि अतिबिपन्न २९ घरधुरीलाई ३५ केजी चामल, बिपन्न ४८ घरधुरीलाई २५ केजी चामल बितरण गरिएको छ भने मध्येबिपन्न १८ घरधुरीलाई २० केजी चामल बितरण गरिएको सचिब केशब बहादुर अधिकारीले बताए । सचिब अधिकारीका अनुसार बन उपभोक्ता समुहमा ९५ घरधुरी आबद्ध रहेका छन् ।

राहत सामाग्री बितरण कार्यक्रमा एक नम्बर प्रदेश सांसद् नारायण बुर्जामगर, उदयपुरगढी गाउँपालिका उपाध्यक्ष सानुकुमारी राउत, डिभिजन बन कार्याल उदयपुरका प्रमुख अम्बिका पौडेल, जिल्ला बन महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेत, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments