चौदण्डीमा सावुन, मास्क लिएर वडाध्यक्ष गाउँमा

चौदण्डी । नोवेल कोरोना भाईरस भित्रिन नदिन उदयपुरका तीन वटा वडाका वडाध्यक्षहरु घर–घरमा पुगेर मास्क, सावुन वितरण गर्न थालेका छन् । जिल्लाको सदरमुकामस्थित त्रियुगा नगरपालिका वडानं ४, चौदण्डीगढी नपा वडानं २ र ६ का वडाध्यक्षहरु, वडासदस्य र स्वास्थ्यकर्मीसहितको टोली लिएर गाउँ गाउँ पुगेका हुन् ।

त्रिनपा ४ का अध्यक्ष सुवास निरौलाले आफ्ना वडाका एक हजार चार सय ५६ घरमा सावुन र प्रत्येक व्यक्तिलाई मास्क वितरण गरिएको उनले बताए । उनले वडाभित्र संक्रमण फैलिन नदिन जनचेतनासँगै ठाउँ–ठाउँमा सावुन पानीले हातधुने व्यवस्था मिलाइएको बताए । त्यसैगरी चौदण्डीगढी नगरपालिका २ का अध्यक्ष सन्तोष सुवेदीले समिति नै बनाएर कुनै पनि घर र व्यक्ति नछुटने गरी सावुन र मास्क वितरण गरेको बताएका छन् ।

बिस्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमण आफ्नो वडामा नफैलियोस् भन्ने हेतुले बेलैमा सचेतना स्वरुप मास्क र सावुन बितरण गरिएको उनले बताए । त्यस्तै चौदण्डी नपा वडानं. ६ का अध्यक्ष कमलध्वज राईले स्वास्थ्यकर्मीको टोली सहित घरघरमा माक्स बाँड्दै कोरोना भाइरसको बारेमा जनचेतना जगाउँदै हिडेका छन् ।

गरिव, दलित, असाहय, अतिविपन्न वर्गका परिवारहरुको स्वास्थ्य चेक जाँच गर्दै घर घरमा पुगेर हातधुने सावुन र मास्क वितरण गरेका हुन् । उनकाअनुसार साउदी, दुबई, भारत लगायतका देशबाट आएका सात जनालाई स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा राखिएको बताए ।

त्यसैगरि उपचार सेवालाई प्रभावकारी बनाउन उदयपुरको चौदण्डिगढि नगपालिकाले स्वास्थ्यकर्मीहरुका लागि पिपिई सेट वितरण गरेको छ । नगर क्षेत्रका स्वास्थ्य संस्था स्थापना गरिएका हेल्प डेक्समा खटिने स्वास्थ्यकर्मीहरुको लागि सेनिटाइजर, पिपिई सेट ग्लोभ्स मास्क लगायत सामग्री उपलब्ध गराइएको मेयर खगेन्द्र राईले बताए । उनले स्वास्थ्य संस्थालाई २५ सेट पिपिई वितरण गरिएको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *