कटारी । नोवेल कोरोना भाईरस (कोविड–१९)को संन्त्रास फैलिरहेको बेला उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ रोगको प्रभाह नगरी जनता सुरक्षित अभियानमा जुटिरहेका छन् । सामान्य मास्क, पंञ्जा, सेनिटाईजर वोकेर विहान ५ वजेदेखि सडक र बजारमा निस्किएका श्रेष्ठ दिउँसो खाना र नास्ताको समय वाहेकको समय राती १० बजेसम्म सडकमै विताउने गरेका छन् ।
जनता सुरक्षित भए आफु सुरक्षित हुनेभन्दै मेयर श्रेष्ठले रोग भित्रिन नदिन नगरपालिकाका सबै शक्ति र प्रयासहरु खुल्ला राखेका छन् । महामारी नियन्त्रणका लागि केन्द्र र प्रदेश सरकार सँगसँगै योजना बनाएर कार्यान्वयन तहमा निस्किएका मेयर श्रेष्ठले रोग भित्रिन नदिन छिमेकी जिल्ला र आफ्ना जिल्लाका सबै स्थानीय तहका नाकाहरुमा कडाई गरेका छन् ।
नगरभित्रको वडानं १ स्थित नेपाली सेनाको रणशार्दुल गणको वेलसोत सुरक्षा वेसक्याम्पमा दुई सय वेड, उदयपुर उद्योग बाणिज्य संघ कटारीमा तीन वटा क्वारेन्टाईन र कटारी अस्पताल परिषरमा दुई वटा आईसोलेसन वार्ड विभिन्न निकायसँग समन्वय गरेर विरामी राख्ने ठाउँ तयारी गरिसकेका छन् ।
संक्रमणलाई प्रवेश गर्न नदिन जिल्लाका ८ स्थानीय तहमध्ये सबैभन्दा अगाडी योजना बनाउने र कार्यान्वयन गर्ने मेयरकोरुपमा पर्दछन् । उनले संक्रमण रोक्नका लागि जनचेतनामुलक कार्यक्रमदेखि लिएर उच्चशतर्कता अपनाउन नाकामा कडाई गरिएको बताए ।
उनले भने, ‘सिरहा, धनुषा, सिन्धुली, ओखलढुंगा जिल्ला हाम्रा प्रमुख नाका हुन त्यसपछि आफ्नो जिल्लाभित्रका सबै नाकाको आवागमनमा कडाई गर्दै ठाउँ ठाउँमा हेल्थडेक्स स्थापना गरिएको छ । ‘रोग भित्रिए पछि त सकिगो नि, उनले भने, ‘भित्रिनै नदिने प्रयासमा छौ, पछि पछुताउनु भन्दा सुरुमा सचेत भएको राम्रो ।