उदयपुर । उदयपुरको सबै सामुदायिक बन उपभोक्ता समूहहरुलाई ‘लकडाउन’को पालना गरेर कर्तवय ठान्न आव्हान गरिएको छ ।
सामुदायिक बन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले बुधबार एक अपिल जारी गर्दै यस्तो आव्हान गरिएको हो ।
बिशेषगरि जिल्ला, नगर र गाउँपालिका स्तरमा रहेका सबै सामुदायिक बनहरुलाई आव्हान गरिएको हो । आफु र आफ्नो परिवारलाई सुरक्षित गर्दै सचेतता, साबधानी र उच्च आत्माबलका साथ कोरोना भाईरसको सामनागर्दै अरूमापनि ससचेत जगाउन अपिल गरिएको छ । सरकारले कोरोनासँग सामना गर्न राष्ट्रिय स्तरमा एक कोषको स्थापना गरेको जानकारी गराउदै उक्त कोषमा सकेसम्म सबैले आर्थिक सहयोग गरेर सहभागिता जनाउन अपिल पत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरि उपभोक्ताहरूलाई व्यक्तिगत र घरयासी सरसफाईकालागि सचेत गर्दै साबुन–पानीले हातधुन र सेनिटाईजर प्रयोग गर्न आग्रह गर्दै आबश्यक परे आफ्नो उपभोक्ताहरुलाई साबुन पानीको व्यवस्था गरिदिन पनि भनिएको छ । नोबेल कोरोना भाईरसको रोकथाम र नियन्त्रनको लागि क्वारेन्टाइन डेक्स र आइसोलेसन वार्ड स्थापना गर्न स्थानीय प्रशासन र स्थानीय सरकारसँग सहकार्य गरेर सामुदायीक बन उपभोक्ता समुहको एक सय भन्दा बढी भबनहरूलाई प्रयोग गर्नदिन सकिने पनि अपिल पत्रमा उल्लेख गरिएको छ ।