चैत्र २२ सम्म सबै अदालत बन्द

काठमाडौं । कोरोना भाइरसलाई मध्यनज राख्दै देशभरका अदालत बन्द गरिएको छ। शुक्रबार बसेको ‘फुल कोर्ट’ बैठकले चैत्र २२ गतेसम्मका लागि सबै तहका अदालत बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको जोखिम रहने भन्दै वकिलहरुले सुनुवाइ रोक्न आग्रह गरेका थिए ।

नेपाल बार एशोसियन र सर्वोच्च अदालत बार एशोसियनसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पत्र लेखेर सुनुवाइ तत्काल स्थगित गर्न माग गरेका थिए । बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने अदालतको कारवाही रोकिने छैन । यस अघि संसद बैठक समेत स्थगित गरिसकिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *