त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेद्धारा स्थानीयलाई न्यानो कपडा बितरण गरिएको छ । आफ्नो वडामा रहेको जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई सम्मान गर्ने उद्देश्यले सो न्यानो कपडा बितरण गरिएको हो ।
बितरण गरिएको न्यानो कपडामा खोल सहितको फाईबर सिरक, तन्ना, बेटसिट लगायतको सामाग्री रहेको वडाअध्यक्ष कुरुङ राईले बताए । वडाअध्यक्ष राईका अनुसार आर्थिक बर्ष ७६÷७७ को बार्षिक कार्यक्रम अन्तरगत जाडो मौसमलाई मध्येनजर गरेर छुट्याईएको करिब एक लाख पचास हजार रुपैया बराबरको सामाग्रीहरु बितरण गरिएको थियो ।
सामाग्री वडामा रहेको जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलागरी ३२ जनालाई बितरण गरिएको वडासचिब रितकुमार राउतले बताए । वडासचिब राउतका अनुसार उनिहरुलाई सुत्ने क्रममा प्रयोग हुने एकएक थान जाडोको न्यानो कपडा बितरण गरिएको थियो ।
भिडियोः
Facebook Comments