प्रदेश लेखा इकाई उदयपुरको कार्यालय उद्घाटन

उदयपुर । प्रदेश लेखा इकाई कार्यालय उदयपुरमा मंगलबार उद्घाटन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भईरहेको आर्थिक भुक्तानी र प्रतिवेदनको कामलाई छिटो छरितो र सरल बनाउन सो कार्यालय स्थापना गरिएको हो ।

बजेट भुक्तानी सम्बन्धि बिषेश काम गर्ने उक्त कार्यालयको स्थापनासँगै आफ्नो दैनिकी काम कामकाज पनि अगाडी बढाईएको कार्यालय प्रमुख तथा लेखा नियन्त्रक जीवन राजभण्डारीले बताए । भण्डारीले माथिलो निकायबाट विनियोजित बजेटको भुक्तानी र प्रतिवेदन पेश गर्नेसम्मको अधिकार र जिम्मेवारीको साथ स्थापना भएको कार्यालयले सेवाग्राहीहरुलाई चुस्त, दुरुस्त, पारदर्शी र छिटोछरितो ढंगले सेवा दिने लक्ष लिएको भण्डारीले बताए ।

कार्यालयको उद्घाटन प्रदेश नम्बर १ का सांसदहरु विमल कार्की, हिमाल कार्की र अम्बिका थापाले संयुक्त रुपमा गरेका थिए । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियार, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का लगायत बिभिन्न कार्यालय र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः

भिडियोः

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *