उदयपुरमा भएको अटो दुर्घटनामा १ को मृत्यु ३ जना घईते

उदयपुर । उदयपुरमा भएको अटो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । त्रियुगा नगरपालिका–१० मा गाईघाट आउदै गरेको अटो पल्टिदा एक जनाकाृ मृत्यु भएको हो भने तीन जना घाईते भएका हुन् ।

गाईघाटबाट चुहाडे तर्फ आउँदै गरेका स १ ह ३८११ अटो अनियन्त्रित पल्टिदा त्रिनपा–७ निबासी २० वर्षीया सिमा दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २० वर्षीया मन्दिरा बस्नेत, ६० वर्षीय गोविन्द कार्की र ३७ वर्षीया मञ्जु दनुवार घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका सिमाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मन्दिराको टाउकोमा गहिरो चोट लागेकाले विराटनगर रेफर गरेको छ भने अन्य दुई जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ । अटो चालक त्रिनपा–४ निबासी २८ वर्षीय हेमबहादुर विक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *