उदयपुर । सम्पूर्ण किरात राई कलाकारहरुको छाता संगठन ‘किरात राई सांस्कृतिक कलाकार संघ’को पाचौं राष्ट्रिय सम्मेलन उदयपुरमा सुरु भएको छ । प्रदेश नम्बर १ को नामाकरण गर्ने तयारीको चर्चा चलिरहेको समय उदयपुरको गाईघाटमा सुरु भएको सम्मेलनमा राष्ट्रिय तथा बिभिन्न जिल्लाका स्थानीय कलाकारहरुको उपस्थिति रहेको छ ।
सम्मेलनमा सहभागी राष्ट्रियस्तरका कलाकार र अतिथिहरुले प्रदेश नम्बर १ को नामाकरण पहिचान, भूगोल, इतिहास र सभ्यतालाई समेटेर ‘किरात प्रदेश’ राख्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि तथा संघका निवर्तमान अध्यक्ष लोक–जनवादी गायक जितेन राईले हरेक तरहले प्रदेश १ को नाम ‘किरात’ हुनुपर्ने भन्दै सभ्यता, इतिहास, भूगोल र परिवर्तनको अनुभूति गराउने बताए ।
कलाकार संघ किरात राई यायोक्खाले जारी राखेको पहिचानको अभियानप्रति ऐक्यबद्धता जनाउँदै उनले प्रदेशको नामाकरणको विषयमा संघले यायोक्खालाई सक्दो सहयोग गर्नुपर्ने बताए । ‘हिमालतिर बख्खु लाउँदा तराई धोती सुरुवाल, त्यहीभित्र खोज्नुपर्छ समावेशी गणतन्त्र नेपाल’ भन्दै कलाकार राईले भने ‘कलाको सम्मान र पहिचानको स्थापना गर्नु नै हामी कलाकारको कर्तव्य हो ।’ उनले कलाकारहरु परिवर्तनका बाहक भएको बताए ।
राष्ट्रिय सम्मेलनले पहिचान, गणतन्त्र र संघीयतालाई मजबुत बनाउने नयाँ नेतृत्वको चयन गर्न सफलताको कामना गर्दै जनवादी लोक गायक राईले किरात मिथकमा आधारित ‘पारुहाङकी सन्तान तिमी नाना छपरी..’ बोलको गीत गाएका थिए । उदयपुरबाट प्रतिनिधिसभा सदस्य तथा नेकपा नेता सुरेशकुमार राई (हिमाल) ले प्रदेश नम्बर १ को नामाकरण गर्ने विषयमा घनिभूत छलफल भईरहेको भन्दै आफु पार्टी, व्यक्ति र सांसदको तर्फबाट प्रदेशको नाम किरातसहित समावेशी हुनुपर्नेमा प्रतिबद्ध रहेको बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त हुनुमा राजनीतिक आन्दोलनसँगै कलाकारहरुको ठूलो भूमिका रहेको भन्दै त्यो अभियानको अन्तिम समयसम्म आप्mनो सहकार्य र ऐक्यवद्धता रहने प्रतिबद्धता जनाए । सिने जगतका हस्ती चर्चित अभिनेता दयाहाङ राईले परिवर्तनलाई सबैले आत्मसात गर्नुपर्ने भन्दै कलाकारहरुलाई राज्यले सम्मान गर्नुपर्ने र उनीहरुको मागलाई पनि सम्बोधन गर्नुपर्ने भनेर हौस्याए । कला समाजको ऐना भएको भन्दै उनले मुन्दुम र साकेला सिलीलाई विश्वकै ऐतिहासिक उत्कृष्ट ग्रन्थ र अनुपम कलाको संज्ञा दिए ।
मोवाईलमा समाचार हेर्न तलको पेज लाईक गर्नुहोलाः
संसारमा कार्यक्रममा लगभगत ४ दशकयता लोक र लोकाधुनिक गीतमा उत्कृष्ट पहिचान बनाएका पुराना कलाकार शम्भु राईले ३ वटा कालजयी गीत गाउँदा मञ्चमा बसेका अतिथिदेखि दर्शकदिर्घाका सबै सहभागी उठेर नाच्न बाध्य भए । ‘थुन्चेको भारी विसाउँदै..’ भन्ने बोलको पहिलो गीत गाएका उनलाई दर्शकको वाहवाही पाएपछि अर्को चर्चित गीत ‘घर त हिले हो..’ शीर्षकको गाउँदा दर्शक झन् झुम्न पुगे ।
साँझ परिसकेकाले उद्घोषकले छोटो समय दिएकोप्रति सचेत देखिएका गायक राईले मञ्च छाड्न खोजे पनि दर्शकको क्रेज नहटेपछि एकताकाको अत्यन्त चर्चित गीत ‘आलु दम चाना..’ बोलको गीत गाए । सो गीतमा त झन् कार्यक्रमस्थल गाईघाटको पिपलचोक जुरुक्क उठ्यो ।
उनीभन्दा अघि चर्चित गायिका संघकी पूर्व उपाध्यक्ष पार्वती राईले ‘चोमोलुङमा मुनी..’ बोलको गीत गाईन् भने भिषण मुकारुङले ‘आदिबासी किराती हो..’, ‘काँडा बिझ्ला माया..’ र ‘डल्ले खुर्सानी..’ बोलका ३ गीत गाए । गायिका बेनुका राईले ‘पानीमा छायाँ..’ र ‘नखोज मलाई..’ बोलको गीत गाईन् भने विनोद खम्बुले ‘झन् झन् खायो झन् मिठो…’ बोलको गीत गाए । कार्यक्रममा एक ताकाकी चर्चित गायिका सत्यकला राईले ‘तिमीलाई हङकङ पु¥यायो आईडी काडैले..’ र अर्को एउटा गीत गाईन् । आउँदो २१ गतेसम्म सञ्चालन हुने सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने संघका अध्यक्ष राजएन राईले बताए ।
फोटो फिचरः