उदयपुर । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले संशोधन नभए प्रत्येक असोज ३ गते नेपालको संबिधान जल्ने बताएका छन् । उनले थरुहट थारुवान राष्ट्रिय महिला सम्मेलनको उद्घाटनको क्रममा शनिबार यस्तो बताएका हुन् ।
उनले आदिवासी जनजाति, महिला, दलित, मधेशी लगायतका मुद्दालाई ओझेलमा पार्ने संबिधान ल्याएको भन्दै यथाशिग्र संबिधान संसोधन मार्फत उनिहरुको मुद्दालाई समावेश गर्नु पर्ने बताए । अध्यक्ष थारुले संविधान संशोधन नभए प्रत्येक असोज ३ गते नेपालको संविधान जल्ने बताएका छन् ।
सम्मेलनमा थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय महासचिव तुलसी चौधरी, त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरी, चौदण्डीगढी नगरपालिकाका उपमेयर रीताकुमारी चौधरी लगायतले सम्मेलनको सफलताको शुभकामना दिएका थिए ।
Facebook Comments