बिपन्न अवस्थाका बिद्यार्थीलाई उदयपुरमा स्वीटर बितरण

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका भित्र रहेको आधादर्जन सामुदायिक बिद्यालयमा न्यानो कपडा बितरण गरिएको छ । दिनहुँ बढ्दै गएको चिसोको कारण विद्यार्थीहरुमा प्रतिकुल असर परेको भन्दै चौदण्डीगढी नगरपालिका वडा नम्बर २ को आयोजनामा सो कपडा बितरण गरिएको हो ।

आर्थिक वर्ष २०७६÷७७ मा बालबालिका शिर्षकमा बिन्योजित बजेटबाट आफ्नो वडाभित्र रहेको ५ बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडाको रुपमा स्वीटर बितरण गरिएको वडाअध्यक्ष सन्तोष सुबेदी ‘बलिदान’ले बताए । वडाअध्यक्ष सुबेदीका अनुसार हरेक विद्यालयमा अध्ययनरत अत्ति बिपन्न अवस्थाका ४० विद्यार्थीलाई छनोट गरी स्वीटर बितरण गरिएको थियो ।

स्वीटर बितरण कौवैदेवी निम्न माध्यमिक बिद्यालय झोडापाटा, सिंहदेवी माध्यमिक विद्यालय, शिद्धकाली प्राथामिक बिद्यालय भित्ते, बुद्धजनता प्राथामिक बिद्यालय गंगटे, रक्तमाला प्राथामिक बिद्यालय र कोकनदेवी प्राथामिक बिद्यालयका २ सय ४० जना विद्यार्थीलाई गरिएको थियो ।

जसमा हरेक विद्यालयको १ देखि ५ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरिएको वडा सचिब नैनबहादुर खड्काले बताए । वडासचिब खड्काका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा बालबालिका शिर्षकमा बिन्योजित कुल ५० हजार रुपैयाबाट स्वीटर बितरण गरिएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *