उदयपुर । बढ्दो विकृति, बिसंगती न्युनिकरण गर्न प्रदेश १ सरकारले शनिबारदेखि उदयपुरमा ‘म’ अघि बढ्छु अभियान सुरु गरेको छ । प्रदेश मातहतका १४ जिल्लाकै किशोर किशोरीलाई लक्षित गरी यो अभियान सुरु गरिएको हो । सगरमाथा टिन्स क्लवको संञ्चालमा शनिबार बिद्यालयका शिक्षक नायकलाई कार्यक्रमको बारेमा जानकारी दिँदै अभियान सुरु गरिएको हो ।
प्रदेशको सामाजिक तथा सांस्कृतिक पंक्षलाई सुदृढ गर्दै किशोर अबश्थामा प्रवेश गरेका कक्षा ९–१२ मा अध्ययन गर्ने १३ देखि १९ बर्ष उमेर समुहका बिद्यार्थीलाई कुलतबाट जोगाउने लक्ष्यकासाथ अभियान सुरु गरिएको हो । तोकिएका उमेर समुहका बिद्यार्थीलाई संक्षम, सवल, जिम्वेवार, चरित्रवान, सकारात्मक, सुसंस्कृति, नैतिक, सभ्य, लागुऔषध दुव्र्यसनबाट मुक्त र सामाजिक उत्तरदायी बनाउने लक्ष्यकासाथ प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि तय गरी यो अभियान सुरु गरेको क्लवका मुख्य प्रशिक्षक तुलसीराम चौलागाईले बताए ।
अभियानअन्र्तगत मन्त्रालयमा मन्त्रीको संयोजकत्वमा निर्देशक तथा अनुगमन समिति, सल्लाहकार समिति, कार्यक्रम कार्यान्वयन तथा संयोजन समिति, जिल्लास्तरमा अनुगमन समिति, प्रत्येक स्थानीय तहमा समन्वय तथा सहजिकरण समिति, सबै बिद्यालयमा कार्यक्रम कार्यान्वयन समिति, बिद्यालय भित्रै सगरमाथा टिन्स क्लव गठन गरिने उनले जानकारी दिए ।
अभियानको उद्घाटन गर्दै प्रदेश सांसद बिमल कार्कीले किशोर किशोरी भित्रको प्रतिभा, खुवीलाई उजागर गर्न तथा लागु पदार्थ दुव्र्यसन, चेलिवेटी वेचबिखन विरुद्धको अभियान सञ्चालन गर्न यसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । उनले स्कुले बिद्यार्थीहरु लागुऔषधको दलदलमा पछिल्लो समय निकै फसेको र त्यसले शारिरीक, मानसिक र पारिवारिक समस्या मात्र नभई प्रदेशको सामाजिक धरातललाई कमजोर बनाएकाले अभियान सुरु गरिएको बताए ।
त्यसैगरी सांसद अम्बिका थापाले बिद्यार्थीलाई सामाजिक कृयाकलाप, प्राकृतिक प्रकोप जस्ता चेतनामुलक कार्यक्रममा सहभागि गराई विभिन्न गतिबिधिमार्फत उनीहरुको क्षमता विकास गर्न यसले सहयोग पुग्ने बताईन् । उनले पछिल्लो समय किशोर किशोरीहरुको नैतिक शिक्षामा खडेरी लाग्दै गएकाले नैतिकवान, सुसंस्कृतिको विकासको खाँचो रहेको औल्याईन् । शिक्षामुलक कक्षा सञ्चालन, सामाजिक उत्तरदायि, विपद् व्यवस्थापन लगायत ६ वटा कृयाकलापबाट ११ वटा उदेश्यको परिपुर्ति गर्नु कार्यक्रमको रणनीति रहेको जिल्ला स्तरीय अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले जानकारी दिए ।
शिक्षक नायकलाई विपद् व्यवस्थापन किशोर किशोरी परिचलान सम्बन्धि उदयपुरका सशस्त्र प्रहरी प्रमुख गार्धन राई, लागुपदार्थ दुव्र्यसन न्युनिकरणमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर माझी, अभियानको बिद्यालयमा बार्षिक कार्ययोजना तर्जुका बारेमा जानकारी माध्यमिक बिद्यालय खाँबुका प्रधानाध्यापक धर्मानन्द खतिवडा र म अघि बढ्छु, सगरमाथा टिन्स क्लवको बारेमा मुख्य प्रशिक्षक तुलसीराम चौलागाईले सहजिकरण गर्ने कार्यक्रम रहेको उनले बताए ।
भिडियोः–