![](https://www.nigranipost.com/wp-content/uploads/2021/10/vBONE-CHAIR_ADD.gif)
![](https://www.nigranipost.com/wp-content/uploads/2021/03/korona-1.gif)
![](https://www.nigranipost.com/wp-content/uploads/2020/05/triyuga-Corona_add1.gif)
![](https://www.nigranipost.com/wp-content/uploads/2020/04/add-all.gif)
उदयपुर, १२ चैत । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा माओवादी केन्द्र उदयपुरले नगर अधिबेशनलाई तीव्र पारेको छ । आन्तरिक रुपमा जिम्मेवारी वाड्फाड गरेर काम गर्दै आएपनि आधिकारिक रुपमा अधिबेशन हुन सकेको थिएन । लामो समयदेखि हुन नसकेको अधिबेशनलाई बिशेषगरि जिल्लाको त्रियुगा नगरपालिकाका १६ वडामा अधिबेशनलाई तीव्र पारेको हो । उनिहरुले नयाँ संरचना अनुसार सो नगरपालिकामा अधिबेशन गर्दै आईरहेको छ ।
हाल नगरपालिकाको वडा नम्बर पाँच, वडा नम्बर नौं, वडा नम्बर १२, वडा नम्बर १३ मा बिभिन्न समयमा अधिबेशन सम्पन्न भईसकेको छ भने वडा नम्बर दुई मोथियाइ आठ गते, वडा नम्बर एक जोगिदहमा ११ गते र वडा नम्बर सात चुहाडेमा १२ गते अधिबेशन सम्पन्न भएको माओवादी केन्द्र उदयपुरले जनाएको छ ।
त्यसैगरि वडा नम्बर १५ खाँबुमा १३ गते, वडा नम्बर १४ साउनेमा १४ गते, वडा नम्बर चार बगाहामा १५ गते, वडा नम्बर १६ जाल्पाचिलाउनेमा १६ गते, वडा नम्बर छ जलजलेमा १७ गते वडा नम्बर आठ खाटमन्दिरमा १८ गते, वडा नम्बर १० बोक्सेमा १९ गते र वडा नम्बर ११ गाईघाटमा २० गते हुने भएको छ । अधिबेशनमा आफ्नो कार्यकर्ता र समर्थकहरुको बाकुलो उपस्थिति देखिदै आएको छ । कार्यक्रम बीच नेपाली कांग्रेस, नेकपा एमाले लगायत अन्य दलहरुबाट ठूलो संख्यामा पार्टी प्रबेश पनि भईरहेको त्रियुगा नगरपालिकाका ईन्चार्ज यदु ढकालले बताएका छन् ।
ईन्चार्ज ढकालको अनुसार वडाको अधिबेशन सकिए लगत्तै अथवा आउँदो २३ गते सदरमुकाम गाईघाटमा नगर सम्मलेन गरिने समेत बताए ।