



उदयपुर । निरन्तर वर्षाका कारण उदयपुरमा पहिरोले घर बगाउँदा एक महिलाको मृत्यु भएको छ । पहिरोले घरसहित बगाउँदा रौतामाई गाउँपालिका ८ डिल्लीबरस्थित गहिरीगाउँकी ५५ वर्षीया रणमाया रिखाम मगरको मृत्यु भएको गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले बताएका छन् ।
उनका अनुसार राति नै भएको घट्नाबारे मंगलबार विहान मात्र जानकारी भएको हो । रणमायाको घरसहित पहिरोले बगाएर मृत्यु भएको र अन्य कति परिवार थिए भन्ने विवरण आउन बाँकी रहेको अध्यक्ष खड्काले बताए । उनको घर बगाएसँगै आसपासका १७ घर पहिरोले बगाउने जोखिममा परेको पनि खड्काको भनाई छ ।
यता रौतामाईकै ७ नं. वडास्थित जिल्लाको मध्यवर्ती व्यापारिक केन्द्र मुर्कुची बजारमा सोमबार राति ८ः३० बजे पसेको बाढीले स्थानीय अर्जुन तामाङका ९ वर्षीय छोरा आर्यन तामाङ बेपत्ता भएका छन् । राति सबै सुत्न लागेका बेला बजारभन्दा झण्डै १ किलोमिटर माथि गुराँसेस्थिथ पहिरोले छौड्या खोला थुनिन पुग्दा बाँध भत्केर बाढी बजार पसेको स्थानीय मोहन बुर्जामगरले बताएका छन् ।
उनका अनुसार बाढीले स्थानीय विद्यालयमा कक्षा ८ मा पढ्ने आर्यनलाई बगाएर बेपत्ता पारेको र आमालाई घाईते बनाएको छ । बेपत्ताको खोजी रातिदेखि नै भईरहे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।
सदरमुकामदेखि उद्धार टोली तत्काल खटाइए पनि सडक अवरुद्ध र निर्माणाधीन मदन भण्डारी लोकमार्गको गाईघाट–मुर्कुची खण्डस्थित त्रियुगा खोलामा पुल बनिनसकेको हुनाले खोला तर्न नसकेर टोली घट्नास्थल पुग्न नसकेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।
उनका अनुसार स्थानीयहरुको साथमा सुकौरा प्रहरी चौकीका प्रहरीलाई भने घट्नालगत्तै उद्धार कार्यमा खटाइएको छ । मुर्कुचीको घट्नाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी धु्रब खड्कालगायतको टोली विहखन घट्नास्थलतर्फ लागेको छ । जनपथ र सशस्त्र प्रहरी प्रमुख, गाउँपालिका अध्यक्ष, रेडक्रसकर्मीलगायतको टोलीमा उद्धारकर्मी पनि सँगै गएका छन् ।
सिडिओ तथा जिल्ला दैवी प्रकोप उद्धार समिति अध्यक्ष खड्काले बाढी पसेर मुर्कुची बजारका साढे ३ सय घर परिवार हताहत भएको खवर आएको हुनाले यथार्थ बुभ्mन उद्धार टोलीसहित घट्नास्थल हिडेको बताउँदै उनीहरुको सुरक्षा र तत्काल राहतको व्यवस्था मिलाउन पहल गर्ने बताएका छन् ।
भिडियोः–