उदयपुरमा शिक्षा क्षेत्रको सुधारका लागि पैरवी

उदयपुर ।  शिक्षा क्षेत्रमा देखिएका कमिकमजोरी अन्त्यका लागि जिल्लाका २३ वटा बिद्यालयमा पैरवी कार्यक्रम सुरु गरिएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा जाल्पा एकिकृत विकास समाज उदयपुरले शिक्षा परियोजनामार्फत विद्यालयमा नागरिक आवाज र कर्तब्यका सवालमा पैरवी सुरु गरेको हो ।

अभिभावकले आपm्ना काम, कर्तब्य र अधिकार बिर्सदा बालबालिकाको शिक्षा क्षेत्र कमजोर बन्दै गएकाले अभिभावकलाई सुसुचित गर्न कार्यक्रम सुरु गरिएको जाल्पा एकिकृत विकास समाजका तालिम संयोजक सरिता पौडेलले बताईन् । पहिलोचरणको पैरवीपछि अभिभात्व अधिकार कार्यान्वयनका लागी स्थानीय स्तरको पैरवीकार्यमा आफै संलग्नहुने परियोजनाले विश्वास लिएको उनको बताईन् ।

पशुपति मा.वि डाँडाँगाउँ रौतामाई ५ का बिधार्थिहरु कक्षाकोठामा बुककर्नर राखेपछि रमाउदै पढदै ।

जिल्लाका पुर्वि र पश्चिमी क्षेत्रका २३ विद्यालयमा सञ्चालित कार्यक्रममा वालमैत्री विद्यालयको अवधारणा, मापदण्ड र सुचकहरुको बारेमा जानकारी दिनुका साथै आपm्नो विद्यालयको वास्तविक अवस्था पत्तालगाउन समुदाय तथा विद्यालय स्वयमलाई सक्षम बनाईएको उनको भनाई छ । कार्यक्रमअन्र्तगत सामुदायिक भेलामार्फत निर्माण गरिएको समुहले प्रारम्भिक बैठक, अनुगमन मापदण्ड, लेखाजोखा र अन्तरक्रियात्मक बैठक बसी आआपm्ना विद्यालयले पहिचान गरेका आवश्यकता परीपुर्ति गर्न कार्ययोजन निर्माण गरिएको संयोजक पौड्लले बताईन् ।

कार्ययोजनाअनुसार जिम्मेवारी कामको प्रकृति हेरी विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय सरकारले गर्ने गरी बाँडफाँड गरीएको छ । त्यसैगरी विद्यार्थी समुहले बालमैत्री विद्यालय राष्ट्रियप्रारुप २०६७ को सुचक २१ मा रहेको अतिरिक्त क्रियाकलापको जिम्मेवारी लिई प्रत्येक शुक्रवार अतिरिक्त क्रियाकलाप गर्नु पर्नेछ । त्यस्तै पहिलो प्राथमिकतामा रहेको शिक्षा सम्वन्धि सुचकलाई विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुले मिली पुरागर्ने गरी कार्ययोजना तयार पारिएको उनले बताईन ।

कक्षा १ देखि ३ सम्मका कक्षा कोठामा बुककर्नर, बालमैत्री धारा तथा छात्रामय शौचालय निर्माणको जिम्मा स्थानिय सरकारलाई दिइएको छ । परियोजना सञ्चालन भएयता विद्यालयमा शिक्षक तथा बिद्यार्थीको उपस्थिति पहिले भन्दा बृद्धी हुनुका साथै शैक्षिक उपलब्धि दरमा पनि अघिल्लो वर्षभन्दा बृद्धी भएको रसुवा माध्यमिक बिद्यालय भुट्टारका प्रधानाध्यापक राजकुमार कार्कीले बताए । समुदाय, बिद्यालय, बालबालिका लक्षित गतिबिधिले बिद्यार्थीको शैक्षिक क्षेत्रमा सुधार आउनुकासाथै रचनात्मक क्रियाकलापमासमेत सुदृढ भएको स्थानीय कमल परियारले बताए ।

भिडियोः–

https://www.youtube.com/watch?v=h2hiJvO9l4E&t=7s

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *