उदयपुरमा सौताको घाँटी रेटी हत्या

उदयपुर । उदयपुरको कटारी नगरपालिका ४ मरुवाकी १ महिलाको आईतबार घाँटी रेटी हत्या भएको छ । श्रीमान ३१ बर्षीय प्रधान राईले कान्छी श्रीमती ल्याएपछि अलग्यै बसेकी ३० बर्षीया सीता राईले आफ्नी सौता २० बर्षीया लक्ष्मी राईको हत्या गरेकी हुन् ।

श्रीमानले कान्छी श्रीमती ल्याएपछि उनी मानसिक रुपमा विछिप्त रहेको स्थानीयलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए । श्रीमानको घरबाट १ सय मिटर पर बस्दै आएकी सिताले सौतालाई आफ्नै घरमा बोलाएर दिउँसो १ बजे कोही नभएको मौकाछोपी तरकारी काट्ने चक्कुले घाँटी रेटेर हत्या गरेको इन्स्पेक्टर कुर्मीले जानकारी दिए ।

घटना लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट पुगेको टोलीले महिला र उनले प्रयोग गरेको चक्कु नियन्त्रणमा लिएको उनले बताए । घटनाको थप अनुसन्धान भईरहेको उनले बताए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *