बजारको अभाबमा बारीमै सड्यो आल्चा

लिम्चुङ्बुङ । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका वडानं ३ बाराहा मिसुङटारबासी यो समय पुग्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । बारी र आँगन भरी गर्मिमा पाक्ने आल्चा त्यतिकै छरिएका देखिन्छन् । बजारमा राम्रो मुल्यमा विक्री हुने आल्चा त्यतिकै आँगन र बारीभरी छरिँदा किन सदुपयोग भएन ? धेरैले प्रश्न पनि गर्छन ।

तर, यस क्षेत्रका किसानको समस्या अर्कै छ । विगत दुई दशक यता आल्चा खेती लगाएर गाउघरमा बस्दै आएका स्थानीयले बजार नपाउँदा बर्षेनी आल्चाखेती त्यसै सडाउन बाध्य छन् । बजारका लागि उनीहरु झण्डै ६० किलोमिटर पश्चिम मुर्कुची र ८५ किलोमिटर सदरमुकाम गाईघाट धाउनु पर्ने बाध्यता छ । त्यो उनीहरुका लागि सहज छैन छैन् ।

प्रतिव्यक्ति ७ सय रुपैयाँ भाँडा तिरेर गाईघाटसम्मको यात्रा गर्ने उनीहरुका लागि उत्पादित फलफुल वजार पुर्याएर विक्री गर्ने सामथ्र्य छैन् । ‘गाडी खचाखचकाकारण आधाभन्दा बढि चेप्टियर, फुटेर, कुहेर नष्ट हुन्छ, लिम्चुङबुङ गाउँपालिका मिसुङटारका अप्सरा सुवेदीले भनिन्, ‘क्यारेट र काटुर्नमा लगे केहि बचाउन सकिन्छ, त्यो नभएपछि बोरामा लैजाँदा सबै फुटेर नष्ट हुन्छ ।

‘एकातिर गाँडी भाँडा महगाें छ, अर्कोतर्फ धेरै विग्रन्छ, त्यसमा नि समयमा विक्री भएन भने अझ घाटा बढि जान्छ, उनले भनिन, ‘गाउँपालिकाले किसानको सहजताका लागि सहुलियतमा गाडी उपलब्ध गराई उत्पादित बस्तु बजारसम्म पुर्याउन सके विक्रीमा समस्या नहुने बताईन् । आल्चा व्यवसायी उत्तम खत्रीले दुःख गरेको ज्यालासमेत नआउने भएकाले आगामी बर्ष आल्चाका रुख फेदैमा काटने दुःखेसो पोखे ।

विक्री नभएपछि पाहुना र गाउँ घुम्न आएकाहरुले सित्तैमा लैजाने गरेको उनको भनाई छ । ‘कतिपयले १ बोरा टिपेर इच्छाअनुसार ५०÷१ सय दिन्छन्, उनले थपे, ‘धेरैजसोले सित्तैमा खाने र लैजाने गरेकाछन् । ‘भुईमा छरिएर, कुहेर नष्ट भएको छ, आएका पाहुनाको स्वागतपनि यहीँबाट भएको छ, उनले भने, ‘पैसा माग्दिनौ, जति दिन्छन् त्यति हात थाप्छौ । आल्चा प्रतिबोट २ सय केजीसम्म फल्ने गर्दछ ।

जेष्ठ महिना सुरु हुनसाथ फल दिन थाल्ने आल्चा खेती जेठको १५ गते भित्र सबै पाकिसक्ने खत्रीको भनाई छ । मिसुङटारमा मात्रै ३ दर्जन घरपरिवारले व्यवसायिकरुपमा आल्चा खेती सुरु गरेको स्थानीय रत्न कार्कीले बताए । यसका अलावा सोही गाउँपालिकाको वडानं २ ताम्लिछा, बाँस्बोटे, छिमेकी ताप्लि गाउँपालिकाको इनामे, लेखगाउँ र रौतामाइ गाउँपालिकाको माझखर्क, भुट्टार, पोखरी, डहर, आँपटार लगायतका क्षेत्रमा आल्चा खेती लगाईन्छ ।

जिल्लाका विकट क्षेत्रमा पर्ने यी ठाउँहरुमा यातायातका साधन मुस्किलले चल्ने गर्दछन र सञ्चालनमा आएपनि भाडाँदर उच्च भएको र सर्वसाधरणको पहुँचमा बजार नभएकाले उत्पादित फलफुल गाउँमै कुहिने गरेका हुन् । बाटो हिड्ने र पाहुनाले खाएर नसकेपछि गाईबस्तुलाई खोले पकाएर दिने गरेकोसमेत स्थानीयले बताए । उत्पादित बस्तु बजारिकरणका लागि तत्काल सोच नभएपनि आगामी बर्ष केहि योजना निर्माण गरिने लिम्चुङबुङ गाउँपालिका वडानं ३ वारहका वडाध्यक्ष डिकबहादुर राउतले बताए ।

लामो समयदेखि कृषकले लगाएको आल्चा खेती बजारीको अभावमा सबै नष्ट हुने गरेको गुनासो आएपनि यातायात सुबिधामा सहज नभएकाले समस्या भएको उनको भनाई छ ।  रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले भने कृषको समस्यालाई मध्यनजर गरी यथाशिघ्र बजारीकरणको व्यवस्था मिलाईने बताए । उनले कृषि पेसामा आकर्षित र प्रोत्साहन गर्ने पालिकोको नीति भएकाले कृषकको मागलाई सम्बोधन गरिने बताए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *