जवरजस्ती करणी अभियोगमा उदयपुरमा दुई जना पक्राउ

उदयपुर । उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ परेको छन् । आईतबार त्रियुगा नगरपालिका ७ पिपल चौकमा एक बालिका र नगरपालिका १६ स्थित कसेनी खोलाको जंगलमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

त्रियुगा नगरपालिका ७ पिपल चौक स्थित खेतको गरामा आईतबार राति साढे आठ बजेको समयमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोही ठेगाना बस्ने ५२ वर्षिय धन बहादुर दनुवार र नगरपालिका १६ कसेनी खोलाको जंगलमा आईतबार दिउँसो चार बजेको समयमा अन्दाजी ३५ बर्षिय महिलालाई करणी गरेको आरोपमा ४३ बर्षिय भिमबहादुर तामाङ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेको दुबै जनालाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको प्रहरीले जनाएको छ ।

भिडियोः–

https://www.youtube.com/watch?v=9Q1gvgAUrYE

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *