बिप्लब नेतृत्व नेकपाको बन्दले उदयपुरको जनजीवन प्रभावित

उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (बिप्लब समुह)ले आव्हान गरेको नेपाल बन्दको कारण सोमबार उदयपुरको जनजीवन प्रभावित भएको छ । आफ्नो पार्टीको युवा संगठनका नेता तीर्थराज घिमिरेलाई सरकारले हत्या गरेको भन्दै पार्टीले नेपाल बन्दको आव्हान गरेको थियो । बन्दको कारण सदरमुकाम गाईघाट लगायत मुख्य व्यापारीक केन्द्र कटारी, मुर्कुची, बेल्टार र रामपुरसँगै ग्रमीण क्षेत्रबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन् ।

विद्यालय, कलकारखाना बन्द छन् । बजार पसल बन्द हुँदा सर्वसाधरणले सास्ती खेप्नु परिरहेको छ । सदरमुकाम गाईघाट बजारमा सामान्य चिया, औषधी र तरकारी पसल खुलेपनि व्यापार व्यवसाय चलेको छैन् । सडकमा फाटफुट साईकल, मोटरसाईकल कुदेका छन् । एम्वुलेसन्स र औषधी पसलमा अवरोध नगरेका कारण निर्वाध रुपमा चलिरहेका छन् । अहिलेसम्म बजारमा बन्दिकर्ता नदेखिएको र कुनै पनि अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

भिडियोः–

https://www.youtube.com/watch?v=9Q1gvgAUrYE

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *