बन मुद्दाका दुई फरार अभियुक्त उदयपुर प्रहरीद्धारा पक्राउ

उदयपुर । बन मुद्दामा कैद सजाय तोकिएको दुई फरार अभियुक्त जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– २ बस्ने बर्ष ३३ को सुन्दर चौधरी र सोहि ठेगाना बस्ने बर्ष ३५ को राजिन भन्ने राजेन्द्र चौधरी रहेका छन् । पक्राउ पर्ने मध्ये सुन्दरलाई विहिबार र राजेन्द्रलाई आईतबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक अमर प्रसाद गजमेरले बताए ।

निरीक्षक गजमेरका अनुसार सुन्दरलाई बन मुद्दा ऐन अन्तरगत ५ महिना कैद र एक लाख ३८ हजर ७५ रुपैया १५ पैसा जरिवाना तोकिएको छ भने राजेन्द्रलाई सोहि मुद्दा अन्तरगत २० दिन कैद र २३ हजार छ सय रुपैया जरिवाना तोकिएको छ । पक्राउ परेका दुबैलाई उदयपुर जिल्ला अदालतमा उपस्थित पस्चात कारागार चलान गरिएको थियो ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *