होटलमा एक युवा मृत अवस्था फेला

उदयपुर, ८ चैत्र ।
उदयपुरको पश्चिमी ब्यपारिक केन्द्र कटारी बजारको एक होटलमा एक युवा मृत अवस्था फेला परेको छ । स्थानीय सोलु होटल एण्ड लजमा बास बस्न आएको युवा मंगलबार बिहान मृत अवस्थामा फेला परेको हो । मृत्यु हुनेमा टाक्सिन्दु– ६, सोलुखुम्बुका २३ बर्षीय दावा शेर्पा रहेको छ । शेर्पा बास बस्न भन्दै सोमबार होटलमा आएको इलाका प्रहरी कार्यालय कटारीले जाएको छ ।
प्रहरीको अनुसार मृत शेर्पाको शव पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाईएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *