



उदयपुर । उदयपुरमा भालुको आक्रमणबाट आइतबार विहान दुई जना घाइते भएका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सिवाईमा भालुको आक्रमणबाट दुई जना घाइते भएको छ । स्थानीय जंगलमा बाँस काट्न गएको समयमा भालुको आक्रमणमा परि चौदण्डीगढी नगरपालिका ५ का २५ वर्षिय घुरन सदाय र सोही ठाउँका २५ वर्षिय मनिस राई घाइते भएका हुन् ।
भालुको आक्रमणबाट राईको पाखुरा, घुडा, ढाँड, हात खुट्टा लगायतमा चिथोरिएको छ । उनको उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा पठाएको छ भने सदाय सामान्य घाइते भएको प्रहरी चौकी सुन्दरपुरका इन्चार्ज योगेन्द्र प्रसाद चौधरीले जानकारी दिए । भालुले सदायको हातमा चिथोरेको छ । भालुले सदायको हात पुरै मुखमा हालेपनि टोक्न नपाएको प्रहरीले जनाएको छ ।
भिडियोः–
Facebook Comments