चौथो रमपम उदयपुर गोल्डकपको आयव्यय सार्बजनिक

उदयपुर, ६ चैत्र ।  चौथो रमपम उदयपुर गोल्डकप २०७३ को आयव्यय सार्बजनीक गरिएको छ । आईतबार नेपाल पत्रकार महासंघ उदयपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै गोल्डकप मुल आयोजक समितिले गोल्डकपको हिसाब सार्वजनिक गरेको हो ।

गत माघ २७ देखि फागुन ५ गते सम्म आयोजना भएको उदयपुर गोल्डकपको चौथो शस्करणमा कुल ३४ लाख ४४ हजार पाँच सय रुपैया आम्दानी भएको आयोजकले जनाएको छ ।
उदयपुर गोल्डकप मुल आयोजक समितिका अध्यक्ष तथा एन्फा सह–महासचिव किरण राईले उदयपुर गोल्डकप आयोजना गर्नका लागि सहयोग पुर्याउने सबै क्षेत्रलाई धन्यवाद दिए । एसियन थाइ फुड्सले प्रायोजन गरेको गोल्डकपका लागि त्रियुगा नगरपालिका, जिल्ला विकास समिति, विभिन्न बहुराष्ट्रि कम्पनी तथा स्थानीय दाताहरुको ठूलो सहयोग रहेको आयोजकको भनाई छ ।

प्रतियोगीतामा कुल आम्दानी मध्ये ३१ लाख ७० हजार ९ सय ८९ रुपैया खर्च भएको आयोजकले जनाएको छ, विगतमा घाटा जाने गरेको उदयपुर गोल्डकप यस पटक भने दुई लाख ७३ हजार पाँच सय ११ रुपैया बचत गर्न सकेको जनाएको छ । कुल आम्दानी मध्ये पनि अझै चार लाख ४० हजार पाँच सय रुपैया विभिन्न स्थानबाट संकलन गर्न बाकी रहेका अयोजक समितिका कोषाध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनको क्रममा प्रतियोगीता आयोजना गर्नका लागि सहयोग पुर्याएको प्रति जिल्ला स्थित पत्रकारहरुको ठूलो सहयोग रहेको आयोजक समितिका अध्यक्ष किरण राईले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *