आफ्नो कार्यालयलाई जवर्जस्ती विवादमा तान्न खोजियोः कार्यालय प्रमुख साह

उदयपुर । घरेलु तथा साना उद्योग बिकास समिति उदयपुरका प्रमुख शम्भु प्रसाद साहले आफ्नो कार्यालयलाई जवर्जस्ती विवादमा तान्न खोजिएको बताएका छन् । आफ्नो कार्यालयको प्रतिष्ठा माथी आच आउनेगरि बिभिन्न मिडियामा समाचार प्रकाशन प्रशारण हुदै आएको भन्दै आईतवार कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रमुख साहले सो कुरा बताएका हुन् । सम्मेलनमा प्रमुख साहद्धारा हस्ताक्षरित एक प्रेस बिज्ञप्ति समेत जारी गरिएको छ ।

बिज्ञप्तिमा गत हप्ता प्रकाशित स्थानीय पत्रिका तथा अनलाईन समाचार प्रति हाम्रो ध्यान आकर्षण भएको छ । ‘हरेक जिम्मेवार निकायको आ–आफ्नो मान प्रतिष्ठा रहेको हुन्छ’ बिज्ञप्तिमा भनिएको छ ‘आधार विहिन कुरा गरेर, गलत शब्द्ध छनौट गरेर, कसैको व्यक्तिगत आचरणमा नराम्रो पार्नु आफैमा राम्रो हैन’ । समाचार लेख्ने पत्रकार र मिडियाको मान उल्लेख नगरिएको बिज्ञप्तिमा ‘सस्तो लोकप्रियता कमाउनको लागि आफ्नो दायरा नाघेर भ्रामक समाचार छाप्नु कसैको हित नहुने’ उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा जारी बिज्ञप्ति

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *