बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

उदयपुर । आफ्नै बिद्यार्थीलाई बलात्कार गरेको आरोपमा उदयपुरको कटारी नगरपालिका ८ का एक शिक्षकलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ । पढाउने वहानामा घरभित्र प्रवेश गरी १० बर्षीया बालिकालाई जवरजस्तीकरणी गर्दै गरेको अबश्थामा जनप्रिय आधारभूत सिरिसेमा अस्थायी शिक्षक २८ बर्षीय विनोद लोहनी पक्राउ परेका हुन् ।

चितवन जिल्लाको कठार नगरपालिका ४ घर भई कटारी नगरपालिका ८ स्थित जनप्रिय आधारभूत बिद्यालयमा कार्यरत लोहनीलाई गस्तिमा रहेको अस्थायी प्रहरी चेकप्वाईन्ट वेतेनीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए । आरोपितविरुद्ध परिवारले बुधबार इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएकाछन् । पक्राउ परेका आरोपितलाई प्रहरी हिरासतामा राखी अनुसन्धान भईरहेको एसपी राईले जानकारी दिए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *