वन डढेलो ब्यवस्थापन जनचेतना सप्ताह

गजेन्द्र राई
उदयपुर, ४ चैत्र ।  वन डढेलो ब्यवस्थापन सम्बन्धी जिल्ला वन कार्यालय उदयपुरले सप्ताहब्यापी कार्यक्रम सन्चालन गर्दै आएको छ ।
जनमानसमा डढेलोको विनासको बारेमा जनचेतना जगाउने उद्देश्यले जिल्लाको बिभिन्न ठाउँहरुमा गोष्ठि, र्याली, अन्तरक्रिया जस्ता कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको हो ।
यसै क्रममा शुक्रबार सामुदायिक वन उपभोक्ता समुह महासंघको सहकार्यमा सदरमुकाम गाईघाट बजारमा र्याली गरिएको छ । उपभोक्ता, समुह पदाधिकारीको बाकुलो उपस्थितिमा भएको र्यालीमा प्रमूख जिल्ला अधिकारी, कार्यालय प्रमूखहरु, नागरिक समाज, पत्रकार लगायतको सहभागिता थियो ।
र्यालीपछि पिपलचौकमा भएको कोणसभालाई प्रजिअ, जिल्ला वन अधिकृत, बन उपभोक्ता महासंघका केन्द्र तथा जिल्लाका पदाधिकारी, पत्रकार महासंघ प्रतिनिधिले सम्बोधन गरेका थिए ।
सप्ताहब्यपी कार्यक्रम अन्तर्गत कटारी नगरपालिकामा सुरक्षा निकायसंग गोष्ठि, सुन्दरपुर सेक्टर वन कार्यालयमा सरोकारवालासंग गोष्ठि, मोतिगडामा सरोकारवालासंग गोष्ठि भईसकेका छन् । सुन्दरपुरमा मोटरसाईकल र्याली, गाईघाटमा सरोकारवालासंग गोष्ठि तथा पोष्टर, पम्प्लेट वितरण कार्यक्रमहरु पनि गरिने बन कार्यालयले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *