गजेन्द्र राई
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१६ जाल्पाचिलाउनेले स्थानीयहरुलाई उन्नत जातको बाख्रा बितरण गरेको छ । गरिबी न्यूनिकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सोमबार स्थानीय ११ घरपरिवारलाई बाख्रा बितरण गरिएको वडा अध्यक्ष मानबहादुर राईले बताए । अध्यक्ष राईका अनुसार आर्थिक बर्ष २०७५÷७६ को वडा बार्षिक कार्यक्रम अन्तरगत गरिबी निवारण शिर्षकबाट उनिहरुलाई दुई लाख बराबरको बाख्रा बितरण गरिएको हो ।
बाख्रा वडामा रहेको बिपन्न परिवारका महिला र दलित महिलाहरुलाई बितरण गरिएको थियो । वडाले बनाएको बार्षिक योजना अनुसार निम्न र बिपन्न बर्गका घरपरिवार पहिचानगरि पुनः बाख्रा र बगुरको पाठो वितरण गर्ने कार्यक्रम रहेको वडा कार्यालयले जनाएको छ । कार्यालयले जनाए अनुसार वडाले गत आर्थिक बर्षमा पनि स्थानीय पाँच घरपरिवार उन्नत जातको बाख्रा बितरण गरिएको थियो ।
भिडियोः–