नेपाल वायु सेवा निगमका महाप्रबन्धक कंसकारलाई कालोमोसो दलियो

काठमाडौं– नेपाल वायु सेवा निगमका महाप्रबन्धक  सुगतरत्न कंसाकारमाथि  कालोमोसो दलिएको छ । वाइड बडी विमान प्रकरणमा मुछिएका महाप्रवन्धक कंसकारलाई शुक्रबार साढे ३ बजे उनकै कार्यकक्षमा कालोमोसो दलिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार आक्रमणकारीले कंशाकारमाथि ‘कालो मसी’ छर्केर भागेका थिए ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले उनीमाथि कालोमोसो दलेको जनाइएको छ । कंसकारलाई कालोमासो दलिएको सो पार्टी निकट युवा संगठनका एक नेताले बताए । क्रान्तिकारी माओवादीको गत मंसिरमा बुटवलमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रतिरोध संघर्षका कार्यक्रम तय गरेको थियो।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *