उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकामा ईन्टरनेट सेवा बिस्तार भएको छ । गाउँपालिकाको वडा नम्बर– ४ स्थित ठानागाउँमा रहेको नेपाल टेलिकमको टावरमा रेडियो लिंक जडान पछि गाउँपालिकाको कार्यालयमा ईन्टरनेट सेवा सुरु भएको हो । करिब १ लाख १५ हजारको लागतमा ठानागाउँको टावरबाट १५ किलोमिटरसम्म डाटा ट्रान्सफर हुने रेडियो लिंक र गाउँपालिका कार्यालयमा रिसिभर डिभाईस राखिएपछि ईन्टरनेट सेवा सुचारु भएको हो ।
रेडियो लिंक मार्फत इन्टरनेट सेवा संचालनमा आएपछि इमेल खोल्न र लेखाको सूत्र सफ्टवयर खोल्न कटारी जानु पर्ने बाध्यताबाट मुक्त भएको गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाले जानकारी दिए । टुएमबीपिएसको स्पिडमा संचालन भईरहेको ईन्टरनेट १० वटासम्म कम्प्युटरमा जडान गरिएको अध्यक्ष थापाले जानकारी दिए । ईन्टरनेट सेवा सुरु भएपछि सूचना आदानप्रदानमा समेत सहजता भएको अध्यक्ष थापाको भनाई छ । ईन्टरनेट संचालन भएसँगै गाउँपालिकाको बेवसाईट नियमित रुपमा अपडेट गर्न थालिएको उनले बताए ।
भिडियोः–