बेलका वडा भवन निर्माण गर्न तामाङद्धारा निःशुल्क जग्गा दान

उदयपुर । उदयपुरको बेलका नगरपालिका– ४ को वडा कार्यालय भवन निर्माण गर्न स्थानिय समाजसेवी डम्बर बहादुर तामाङले निःशुल्क जग्गा दान गरेका छन् । करिब ३० लाख मुल्य पर्ने जग्गा तामाङले बुधबार मालपोत कार्यालय उदयपुरमा वडा कार्यालयको नाममा पास गरिदिएका हुन् । ७६ बर्षिय तामाङले यस अघि पनि स्थानिय गुरुङचोरी विद्यालयको चार कोठे भवन निर्माण गर्न जग्गा दान गरेर सहयोग पु¥याएका थिए ।

पूर्व ब्रिटिस लाहुरेसमेत रहेका तामाङ विगत देखिनै समाजसेवाको क्षेत्रमा सहयोग गर्दै आउने गरेका छन् । रापाठो ७ ग को ४२१ कित्ता नम्बरबाट एक कट्ठा जग्गा बुधबार पास गर्दै जग्गाको कागजात वडाध्यक्ष दिपक दंगाललाई हस्ताणतरन गरेका थिए । स्थानिय सरकार गठन संगै संचालनमा रहेको समयमा भाडाको घरमा वडा कार्यालय संचालन भैरहेकाले वडा भवन निर्माणको लागि तामाङले निःशुल्क जग्गा दान गरेको हो ।

वडाका स्थानिय जनताले सहज तरिकाले सेवा पाउन भन्ने उद्देश्यका साथ आफुले जग्गा दान गरेको तामाङले बताए । वडा भवन निर्माणको लागि जग्गा खोजी गर्दा वडा कार्यालय भवन निर्माणको लागि जग्गा उपलब्ध नभए पछि तामाङले जग्गा प्रदान गरेको थियो । विगतमा पनि सामाजिक योग्दान दिदै स्थानिय वडावासीलाई भवन निर्माण गर्दा आर्थिक भार नपरोस भन्ने उद्देश्यले पारिवारिक सहमतिमा जग्गा प्रदान गरिएको छोरा मनोज तामाङले वताए ।

छोरा तामाङ स्थानिय तहको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रको तर्फबाट सोहि वडाको वडाध्यक्ष उम्मेदबार समेत हुन् । उनि झिनो मतले पराजित भएका थिए । वेलका नगर सरकार नेपालकै कान्छो नगरपालिका भएकाले भौतिक पूर्वाधार विकास गर्नका लागि जग्गा प्राप्त भएको प्रति वडाध्यक्ष दंगालले खुसी व्यक्त गरेका छन् । दंगालले यसरी जग्गा पाउनु भनेको नगर सरकारको लागि चुनौती भएको बताए । उनले नगरबासी जनताले सहज तरिकाले सेवा पाउन भन्ने उद्देश्यले जग्गा दान गर्दा जनप्रतिनिधिहरुले पनि जनताको हितमा काम गरेर जिम्मेबारी बोध गर्नुपर्ने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *