उदयपुरमा भएको बालिका बलात्कार आशंकामा २ बालक पक्राउ, अन्य ४ छुटे

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ बर्षीया बालिका एल्जिना खड्काको बलात्कार पछि हत्याको आशंकामा पक्राउ परेका ६ जना मध्ये प्रहरीले ४ जनालाई छाडेको छ । अनुसन्धानकाक्रममा उनीहरुको संम्लग्नता नदेखिएपछि प्रहरीले आबश्यक परेको बेलामा पुनः उपस्थिति हुने गरी छाडेको हो । घटनामा संम्लग्न रहेको आंशकामा प्रहरीले दुई बालकलाई भने हिरासतमै राखी अनुसन्धान प्रकृयालाई निरन्तरता दिएको छ ।

सोमबार पक्राउ परेका १७ बर्षीय बालक र मंगलबार बिहान पक्राउ परेका १५ बर्षीय बालकलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए । उनले भने, ‘हामी घटनाका अपराधि नजिक पुगिसकेका छौ, छिट्टै एकिन गरि सार्वजानिक गर्छौ ।’ एसपी राईले पक्राउ परेका ६ जना मध्ये ४ जनाको त्यस्तो केहि नदेखिएको र स्थानीय २ जनाको गतिबिधि शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको बताए ।

उनले पोष्र्टमार्टम रिर्पोट आए लगत्तै घटना सार्वजानिक गरिने बताए । बालिकाको मंगलबार बिपी कोईराला स्वासथ्य विज्ञान पतिष्ठान धरानमा पोष्टमार्टम पछि शव आफन्तलाई बुझाइएको छ । पक्राउ परेकाहरुको वयानका आधारमा प्रहरीले स्थानीय १५ बर्षीय बालकलाई मंगलबार बिहान घरबाटै नियन्त्रणमा लिएको हो । तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले घटनाको सुक्ष्मरुपले अध्ययन गरेको थियो ।

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । खोल्सामा बलात्कार गरेर हत्या गरेपछि शव सडक नजिक ल्याएर फालेको हुन सक्ने अनुमान छ । प्रकृतिहेर्दा बलात्कार गरेपछि पहिचान खुल्ने त्रासले समुहगतरुपमा बलात्कार गरी हत्या गरेको हुन सक्ने स्थानीयको अनुमान छ । मुख नेट पिनले टालिएको, मलद्धार च्यातिएको, योनी स्थल सामान्य अवश्थामा नरहेको, घाँटीमा नङ गाडिएको, अन्य ठाउँमा पनि चिथोरेको, घाँउ देखिएकाले बलात्कारपछि हत्या भएको हुन सक्ने आशंकासहित प्रहरीलाई घटनाका अपराधि नजिक पुग्न सफल भएको हो ।

गएको शनिबार दिउँसो घरबाट बाख्रा चराउन हिडेकी स्थानीय दुर्गाबहादुर खडकाकी छोरी आईतबार लाफागाउँको अमला भन्ने ठाउँमा मृत अबश्थामा फेला परेकी हुन् । साँझसम्म बालिका घर नफर्केपछि स्थानीयले खोजतलास गर्नेक्रममा आईतबार दिउँसो बालिकाको शव फेला पारेको एसपी राईले जानकारी दिए । जनता मावि लाफागाउँको कक्षा ९ मा पढ्दै गरेकी एल्जिना शनिबार दिउँसो २ बजे बाख्रा लिएर गाउँ नजिकैको खरवारीमा चरान गएकी थिईन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *