प्रकाण्डलाई ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत उदयपुरको आदेश (भिडियो सहित)

उदयपुर ।  नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत उदयपुरले ६ दिनको म्याद दिईएको छ । आइतबार अबेर जिल्ला अदालत पुर्याएका प्रकाण्डलाई प्रमुख जिल्ला न्यायधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले वम काण्डको अभियोगमा अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिइएको हो ।

गत चैत्र २८ गते त्रियुगा नगरपालिका १३ स्थित थरुहट रंगशाला नजिकै हवाई फिल्डको चौरमा भैँसीको पाडा चराउँदै गरेका स्थानीय १४ वर्षिय बालक पारस राईले झोलामा कालो वस्तु देखेको र त्यो हेर्न खोज्दा विष्फोट भई घाइते बनाएको आरोपमा प्रवक्ता प्रकाण्डलाई काठमाडौंको सर्वोच्च अदालतको परिसरबाट शुक्रबार पक्राउ गरी आज जिल्ला अदालत उदयपुरमा उपस्थित गईराएको हो ।

उनले संचारकर्मीसंगको प्रश्नमा अहिलेको सरकार देश र जनताको प्रतिनिधित्व नभएर विदेशी मालिकहरुको दलालको संज्ञा दिएको छ । उनका अनुसार अहिलेको सरकार विदेशी दलाल प्रतिक्रियावादीहरुको स्वार्थको निम्ती बनेको सरकार हो । उनले भने– मलाई ६ वटा जिल्लामा गरी नौ वटा मुद्धा लगाई सकिएपनि कुनै मुद्धाको पुष्टी हुन सकेको छैन् । सरकारले म माथि लगाएको आरोपको अहिलेसम्म कुनै पुष्टी गर्न सकेको छैन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *