आर्थिक हिनामिना भएको भन्दै उदयपुरमा गाउँपालिकाबिरुद्ध स्थानीय आन्दोलित (भिडियो सहित)

उदयपुर ।  उदयपुरको एक गाउँपालिकामा व्यापक आर्थिक हिनामिना भएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । आन्दोलिन हुनेमा जिल्लाको लिमचुङबुङ गाउँपालिकाका स्थानीयहरु रहेको छ । शनिवार नागरिक दबाब समूह गठन गरेका उनिहरुले आईतवार सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गरी हिनामिनाविरुद्ध संघर्षमा उत्रिने घोषणासमेत गरेको छ । संघर्षमा उत्रिनेमा स्थानीय राजनीतिक दल, नागरिक समाज र स्थानीयबासी रहेका छन् ।

गाउँपालिका जनप्रतिनिधिहरु स्वैच्छाचारी ढंगले अघि बढेको, गत आर्थिक वर्ष ०७४÷७५ मा बिनियोजित रकम शीर्षक अनुसार खर्च नगरेको तथा जथाभावी रकमान्तर गरेर भ्रष्टाचार गरेको भन्दै खोजविनका लागि नागरिक दबाब समूह गठन गरिएको उनिहरुको भनाई छ । उनिहरुले अनियमितता भएको संभावित शीर्षकको रकमको फहरिस्त समेत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा दबाब समूहले गत आवमा गाउँपालिकामा सञ्चालन गर्न बिनियोजित बिभिन्न १६ वटा शीर्षकको रकम हिनामिना भएको अनुमानित फेहरिस्त सार्वजनिक गरेको छ । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद तथा मनोरञ्जन, सडक, भवन तथा सहरी विकास शीर्षकमा छुट्याइएको रकममा व्यापक घोटाला भएको हुनसक्ने दबाब समूहका संयोजक टकमान राईले आँकलन गरे । उनका अनुसार वन तथा भूसंरक्षण, जलाधार, फोहोर मैला तथा ढल व्यवस्थापन, सूचना प्रविधि, अन्यत्र बर्गाीकृत नभएको पशु तथा भेटनरी र पशुसम्बन्धी कार्यक्रम, अनुसन्धान तथा विकास, प्रशासनिक खर्च, विपत व्यवस्थापन र बिबिध शीर्षकमा छुट्याएको रकममा पनि गोलमाल भएको हुनसक्ने दबाब समूहको अनुमान छ ।

पत्रकार सम्मेलनमा बितरित विज्ञप्तीमा उल्लेख भएका बिभिन्न ९ वटा असहमतिका बुँदामा आर्थिक ऐनविपतिर पेश्की दिइएको, काम सम्पन्न नभई फस्र्यौट गरिएको, आर्थिक अनियमितताका खवरहरु सार्वजनिक भईरहेको, सार्वजनिक खरिद ऐनको बर्खिलाप गरी बिल भर्पाई प्रयोग भएको तथा प्रशासनिक र बिबिध खर्च मनोमानी गरेको पाइएको आरोप लगाइएको छ । पत्रकार सम्मेलनमा उपस्थित नेकपाका नेताद्वय झनक विक र भलराज राईले गाँपालिका अध्यक्ष मेजर राई स्वैच्छाचारी भएर अघि बढेको, पार्टी कमाण्डभन्दा बाहिर गएर विकासका नाममा एकालकाँटे प्रबृत्तिका साथ अघि बढेको आरोप लगाए ।


उनीहरुले गाउँलेभन्दा बाहिरका व्यक्तिहरुलाई विज्ञका रुपमा बोलाएर स्थानीय आवश्यक्ताभन्दा अनावश्यक योजना निर्माण गर्दै नाजायज खर्च गर्न उद्वेलित भएको गुनासो पनि गरे । अध्यक्षको स्वेच्छाचारी प्रबृत्तिले भ्रष्टाचार भएको आशंका बढेपछि स्वस्थ्य आलोचना गर्दै सुधारका लागि सुझाव दिन गाउँपालिकाका अगुवा नागरिकहरु भेला भएर सतर्क गराउन खोज्दा उपाध्यक्ष रमिला राईले एक स्थानीय अखबारमार्फत अराजकहरुको भेला भनेर अपमान गरेकोप्रति पनि नेताद्वयले खेद व्यक्त गरेका छन् ।

पत्रिकामा आएको उपाध्यक्ष राईको यस्तो आपत्तिजनक भनाई सही हो कि गलत भनेर निक्र्यौल गर्ने काम भईरहेको र सही हो भने माफी मगाउने अडान दबाब समूहले लिने उपस्थित नेताहरुको भनाई थियो । नेपाली कांग्रेसका जिल्ला सदस्य मोहनसेर राई, संघीय समाजबादी फोरमका छिवाहाङ राई र नयाँ शक्ति पार्टीका हरि भट्टराईसमेतको उपस्थिति रहेको पत्रकार सम्मेलनमा गाउँपालिकामा भ्रष्टाचार भएकै कारण सूचना माग्दा बेवास्ता हुनु तथा उपाध्यक्षको आपत्तिजनक अभिव्यक्ति आएको हुनसक्ने आँकलन गरिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *