बरुवा क्याम्पसको भवन शान्तिधाममा शिलन्यास, क्याम्पसलाई शैक्षिक हवकोरुपमा विकास गरिने

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटस्थित वरुवा क्याम्पसलाई शैक्षिक हवकोरुपमा विकास गरिने भएको छ । बिहीबार सरोकारवालासँगको अन्तरक्रियापछि शान्तिधाममा क्याम्पस भवन शिलन्यास गर्दै त्रियुगा नगरपालिकाका मेयर तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बलदेव चौधरीले यस्तो बताएका हुन् ।

भवन अभावमा बिद्यालयसँग हारगुहार गरी शैक्षिक संस्था चलाईरहनु परेको दृष्टान्त सम्झदै उनले भने, ‘अब आफ्नै भवनबाट उपयोगी र गुणस्तरीय शिक्षा सञ्चालन हुन्छ ।’ ‘शैक्षिक संस्थाहरुको भिडमा अलगधार बनाउने हाम्रो प्रयास छ,’ उनले भने, ‘जीवन उपयोगी, व्यवहारिक, उत्पादनमुखी र राज्यसँग सम्बन्धित रहने गरी प्राविधिक शिक्षा सञ्चालनमा ल्याउँछौ ।’

पुरातन शिक्षालाई अङ्गिकार गर्दै अगाडी बढ्दा मुलुकमा व्याप्त वेरोजगार र वैदेशिक जानेको लर्को बढिरहेको बताउँदै चौधरीले स्वदेशमै रोजगार र आत्मनिर्भर बनाउनका लागि उपयोगी र व्यवहारिक शिक्षा नीति अवलम्बन गरिने बताए । वर्तमान सरकारको लक्ष्यपनि समृद्धी र सुखि नेपाली रहेकाले सरकारको त्यो लक्ष्य पुरा गर्न तल्लो स्तरबाट आधारशिला तयार गर्नु पर्ने बताउँदै उनले दैनिक जीवनसँग जोडिने शिक्षा दिन नसके क्याम्पसहरुको अबश्था त धरासय बन्छ नै मुलुक नै संकट पर्न सक्ने बताए ।

त्यसैगरी नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरीले शैक्षिक योग्यता भएर पनि व्यवहारिक र उपयोगी शिक्षा नहुँदा बेरोजगारको संख्या बढेको र दुई हात जोडनकै लागि चर्को घामको प्रवाह नगरी विदेशीनु परेको बताईन । उनले शैक्षिक क्षेत्रको आमुल परिवर्तन गर्दै देशविकासमा अघि बढ्नु पर्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा वडानं १० का वडाध्यक्ष प्रकाशकुमार खड्का, १२ का अध्यक्ष जयविक्रम राई, पुर्व क्याम्पस प्रमुख जङ्गबहादुर खड्काले शैक्षिक क्षेत्र सुधारका लागि ढोस योजना बनाउनु पर्ने धारणा व्यक्त गरे । उनीहरुले क्याम्पस स्थापनाभन्दा पनि त्यसबाट प्रदान गरिने शिक्षाको उपयोगिता के भन्ने प्र्रश्न आनउे भएकाले उपयोगि शिक्षामा जोड दिए ।  त्रियुगा नगरपालिका १२ मा निर्माणाधिन भवन क्याम्पसको खातामा रहेको ३० लाख वजेटबाट सुरुवात गरेको निर्माण समितिका अध्यक्ष तथा व्यवस्थापन समितिका सदस्य तारा राईले बताईन । उनले कहिँ कतैबाट वजेट नआएको अहिलेको अबश्थामा सुरुवात मात्र गरेका हौ, यो वजेटबाट जस्ता लगाएर ६ वटा ट्रष्ट विलडिङ बनाईने बताईन ।

उनले ६ वटा ट्रष्टमा आबश्यकता अनुसार कक्षा कोठ बनाई २ महिना पछि कक्षा सञ्चालनमा ल्याइने बताईन । उनले सधै अर्काको भवनमा मागेर चलाउनु पर्ने बाध्यताले क्याम्पस र बिद्यालय दुबैलाई समस्या भएकोले कतैबाट वजेट नआएको अबश्थामा पनि आफ्नै बजेटबाट सुरुवात गरेको बताईन ।  ९ बर्षअघि अर्थात २०६४ सालमा सामुदायिक क्याम्पसको अवधारणबाट सुरु भएको क्याम्पसमा हाल ५ बढि बिद्यार्थी र ३० जनाले प्रध्यक्षरुपमा रोजगार पाएको क्याम्पस प्रमुख भिमेन्द्र खड्काले बताए । उनले क्याम्प्सलाई रिसर्च गर्ने थलोकोरुपमा पनि विकास गर्न लागिएको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *