उदयपुरको स्वास्थ्य चौकी, अहेबको कमाउ अखडा

गजेन्द्र राई
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका अहेब श्याम शाहले स्थानीय स्वास्थ्य चौकी साउनेलाई आफ्नो व्यावसाय संचालनको प्रमुख अखडा बनाउदै आएका छन् । उनले स्वास्थ्य चौकीमा आउने बिरामीहरुलाई आफ्नो नीजि मेडिकलमा रेफर गरेर राम्रो कमाउ धन्दाको रुपमा स्वास्थ्य चौकीको दुरपयोग गरेका हुन् ।

सेवाग्राहीले पाउने सुलभ स्वास्थ्य सेवालाई उनले निजि मेडिकलमा लगेर मोटो रकम असुल्ने गरेको स्थानीयको गुनासो रहेको छ । अहेब शाहले गरीरहेको यस्तो गतिबिधि निन्दानीय रहेको भन्दै स्थानीयले अपत्तिसमेत जनाएका छन् । अहेव शाहले भने यी सबै आरोप निराधार भएको बताउँछन् । उता स्थानीय सेवाग्राहीहरुको एक भेलाले भने उनलाई तत्काल कार्वाहीका लागि सम्बन्धित निकायहरुमा माग गर्ने निर्णयसमेत गरेका छन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *