उदयपुर । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले नेपाल पत्रकार महासंघ शाखा उदयपुरलाई एक थान इनभटर हस्तान्तरण गरेको छ । सोमबार आयोजित एक हस्तान्तरण कार्यक्रम मार्फत ४० हजार मूल्य बराबरको सो इनभटर बाणिज्य संघले हस्तान्तरण गरेको हो । सो कार्यक्रममा बाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगत लगायतका टिमले पत्रकार महासंघका अध्यक्ष भरत खड्कालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बाणिज्य संघका अध्यक्ष भगतले जिल्लामा भईरहेको विद्युतीय समस्यालाई मध्यनजर गर्दै पत्रकार महासंघलाई सहयोग गरेको बताए ।
उनले महासंघको दैनिक कामकाजलाई सहज होस भन्ने उद्देश्यका साथ इनभटर सहयोग गरेको बताए । त्यसैगरी पत्रकार महासंघका अध्यक्ष खड्काले लोडसेडिङ अन्त्य भएपनि सिस्टमको कारण हुने समस्या बाणिज्य संघले उपलब्ध गराएको इनभटरले हल गर्नसक्ने बताए । उनले महासंघमा हुने कामकाजलाई छिटो र सहज बनाउने भन्दै इनभटरको लागि बाणिज्य संघलाई धन्यवाद दिएका थिए । अध्यक्ष खड्काले आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्ने बताएका थिए ।
उक्त अवसरमा बाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले साउन १५ गते देखि व्यपारीको समस्यालाई मध्यनजर गर्दै कर कार्यालयमा कर सहायता कक्षा सञ्चालनको तयारी गरिएको जानकारी दिए । उनले नविकरण र दर्ताका लागि गएका व्यापारीले लाग्ने दस्तुरभन्दा बढी तिर्नु परेको गुनासो आएपछि सरलीकृत गर्न सहयता कक्षा सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार सामान्य अनलाईन फारम भर्दा ५० रुपिँयाको कामलाई ५ सय रुपिँयासम्म व्यापारीले तिर्ने गरेको छ ।
आफ्नो कर्मचारी राखेर सहयता कक्षा सञ्चालनपछि ५० रुपिँयामा काम हुने उनले बताए । उनले नाफाभन्दा पनि बाणिज्य संघमा आवद्ध सदस्यका लागि सो सेवा स्थापना गर्न लागेको बताए । आफ्नो दुई कर्मचारी रहने सहयता कक्षामा कर कार्यालयमा गर्नु पर्ने सबै सेवालाई व्यवस्थापन गरिने प्रथम उपाध्यक्ष रमेश विकले बताए ।
भिडियोः–