उदयपुरमा बन्दको प्रभावित

गंगा राई
उदयपुर, २७ फागुण/सप्तरी घटनाको विरोध गर्दै २८ दलीय संघिय गठबन्धनले आव्हान गरेको बन्दको कारण शुक्रवार बिहानैबाट उदयपुर जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बन्दको कारण सदरमुकाम गाईघाटलगायत मुख्य व्यापारीक केन्द्र कटारी, मुर्कुची, बेल्टार र रामपुरसँगै ग्रमीण क्षेत्रबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन् । विद्यालय, कलकारखाना बन्द छन् । बजार पसल बन्द हुँदा सर्वसाधरणले सास्ती खेप्नु परिरहेको छ । सदरमुकाम गाईघाट बजारमा सामान्य चिया, औषधी र तरकारी पसल खुलेपनि व्यापार व्यवसाय चलेको छैन् । सडकमा फाटफुट साईकल कुदेका छन् । एम्वुलेसन्स र औषधी पसलमा अवरोध नगरेका कारण निर्वाध रुपमा चलिरहेका छन् । बजारमा बन्दिकर्ता बाकुलै संख्यामा देखिएपनि कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *