गौरमा पनि मोर्चाको प्रदर्शन, उदयपुरमा पनि घट्नाको भर्सना

रौतहट– सप्तरी घट्नाको विरोध गर्दै सयुक्त मधेसी मोर्चाका कर्यकर्ताले रौतहटमा विभिन्न स्थानमा प्रदर्शन र धर्ना बसेका छन् ।

उनीहरुले विभिन्न माग राख्दै जिल्ला प्रशासन कर्यालय गौरमा धर्ना दिएका हुन् भने वीपी चोकमा प्रदर्शन गरेका हुन् । मोर्चाका कायकर्ताले सप्तरी घटनाका दोषीलाई कार्वाही हुनुपर्ने, संविधान संशोधन विधेयक पारित गर्नुपर्ने, निर्वाचनको नाटकलाई खारेज गर्नु पर्ने लगायतका माग राखेका छन् । मोर्चाको आव्हनमा आजबिहानै देखि गौर, गरुडा ,लगएयका बजारहरु बन्द रहेका छन् । प्रदर्शनका क्रममा अप्रिय घटना हुन नदिन सथानीय प्रशासनले ब्यपक प्रहरी परिचालन गरेको छ ।

त्यसैगरि उदयपुरमा पनि सप्तरी घटनाको भर्सना गरेको छ । उनीहरुले मंगलवार एक बिज्ञप्ती जारी गरि घटनाको भर्सना गरेको हो । बिज्ञप्ती, संघीय समाजवादी फोरम नेपाल उदयपुरको अध्यक्ष सिद्दान्त राई, तराई मधेस लोकतान्त्रिक पार्टी उदयपुर अध्यक्ष खुशीलाल ठाकुर, सद्भावना पार्टी उदयपुरको अध्यक्ष दयाराम चौधरी, म.ज फोरम (गणतान्त्रिक) उदयपुरको अध्यक्ष खेमनारायण यादब (राहुल) र संघीय सद्भावना पार्टीका उदयपुर अध्यक्ष राजेन्द्र चौधरीद्धारा हस्ताक्षर रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *