हक, हित र मानवअधिकारका लागि समन्वय तथा पैरवी अभियान सुरु (भिडियो सहित)

उदयपुर ।  अपाङ्गता भएका व्यक्तिहरुले उदयपुरमा समन्वय तथा पैरवी अभियान सुरु गरेको छ । अपाङ्गता व्यक्तिहरुको हक, हित र मानवअधिकार सम्बन्धि बनेको नीति नियम प्रभावकारी कार्यान्वयनका लागि भन्दै उनिहरुले सो अभियान सुरु गरेको हो । अभियान अपाङ्ग विकास संघ उदयपुरको आयोजना र महिला तथा बालबालिका कार्यालय उदयपुरको सहयोगमा सुरु गरिएको  हो ।अभियान जिल्लामा रहेको नगरपालिका र गाउँपालिकाहरुमा केन्द्रित रहने संस्थाका अध्यक्ष चन्द्र राईले बताए ।

अध्यक्ष राईका अनुसार १७ बुदेँ ध्यानाकर्षण पत्र सहित जिल्लामा रहेको चार नगरपालिका र चार गाउँपालिकामा अभियानलाई सञ्चालन गरिने छ । जिल्लाको चौदण्डीगढी नगरपालिकाबाट सुरु गरिएको अभियान अहिले दुई ओटा नगरपालिकामा सम्पन्न भईसकेको छ । जसमा बेलका नगरपालिका र त्रियुगा नगरपालिका रहेको छ । उक्त अभियानसंगै नगर स्तरीय अपाङ्ग विकास संघसमेत गठन गरिदै आएको छ ।

हेरौं यो भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *