डा. रणशेर राईको नाममा फाउण्डेसन स्थापना

उदयपुर ।  समाज सेवी स्व. डा. रणशेर राई स्मृति फाउण्डेसनले जिल्लाका विभिन्न विद्यागत क्षेत्रमा योगदान पुर्याउनु हुनेलाई सम्मान गर्ने भएको छ । डा. रणशेर राई स्मृति फाउण्डेसनको शुक्रबार त्रियुगा नगरपालिकामा विधिवत दर्ता पछि पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिइएको हो । फाउण्डेसनका अध्यक्ष महेन्द्रकुमार राईले खेलकुद, पत्रकारिता, सामाजिक क्षेत्र, मानवअधिकारको क्षेत्रमा योगदान पुर्याउनु हुने व्यक्तिहरुलाई सम्मान गरिने बताए ।

कार्यक्रममा फाउण्डेसनले अक्षयकोषको स्थापना गरी स्व. राईको पहलमा स्थापनाभएको हलेसी तुवाचुङ नगरपालिका–८ खोटाङ स्थित वुलापन्थे मावि, त्रियुगा नगरपालिका–११ उदयपुर स्थित त्रियुगा मावि र त्रियुगा जनता वहुमुखी क्याम्पस मोतिगडा ३ का उत्कृष्ट १÷१ जना छात्र÷छात्रालाई बार्षिक रुपमा जेहेन्दार छात्रवृतीका साथै चिकित्सक क्षेत्रमा अध्ययन गर्न जाने १÷१ जना छात्र÷छात्रालाई छात्र वृती प्रदान गरिने जानकारी दिईयो । त्यसैगरी राईको नाममा मेडिकल कलेज स्थापनाका लागि पहल गर्ने, कर्मथलो उदयपुरमा शालिक निर्माण, संग्राहलय स्थापना, समाधि स्थल व्यवस्थित, लागुपदार्थ दुव्र्यसन विरुद्धका अभियान सञ्चालन, एम्बुलेन्स सञ्चालन लगायतका कामहरु गरिने अध्यक्ष राईले जानकारी दिए ।

राईले विशेषगरी तीन क्षेत्रमा योगदान गरेको पाईन्छ । शिक्षाको क्षेत्रमा खोटाङको तत्कालिन धिुतुङ गाबिस हालको तुवाचुङ नगरपालिका ८ मा पहिलो बिद्यालय स्थापना गरेको पाईन्छ । त्यसैगरी स्वास्थ्यको क्षेत्रमा धामी र झाक्रीँको भरमा अन्धविश्वासमा बसेकाहरुका लागि मेडिकल क्षेत्रमा डाक्टर बनी गाउँ–गाउँमा पुगि उपचार गर्ने गरेको फाउण्डेसनका कोषाध्यक्ष गंगा राईले बताईन । पछिल्लो समय बजार क्षेत्रको सहरीकरणलाई मध्यनजर गर्दै उदयपुरको सदरमुकाम गाईघाटलाई वजारिकरण र सहरी व्यवस्थापनमा उनको महत्वपूर्ण भुमिका रहेको अध्यक्ष राईले बताए ।

उनले स्थापना गरेको बुलापन्थे माध्यमिक बिद्यालयमा अहिले पनि बार्षिक स्मृती सभा कार्यक्रम हुने गर्दछ । बिद्यालयमा नै अक्षयकोष स्थापना गरी गरिव तथा जेहेन्दार बिद्यार्थीका लागि बर्षेनी पुरस्कृति गरिँदै आएको छ । १९८२ फागुन २३ गते जन्मिएका राईको देहवसान २०३७ जेठ २२ गते भएको थियो । व्रिटिस आर्मीको सेवासँगै राई गाउँमा सामाजिक कार्यमा पनि उत्तिकै सहभागिता जनाउने छोरी गंगाले बताईन । सो अवसरमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेश सांसद बिमल कार्कीले इतिहास बोकेका राई जस्ता व्यक्तिलाई सम्मान गर्दै उहाँहरुले देखेका सपनालाई साकार बनाउनु पर्नेमा जोड दिए ।

साथै उनका ति सपना पुरा गर्न प्रदेश सांसदको हैसियतबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमा जिल्ला समन्वय समितिका उपप्रमुख तथा राईकी छोरी गंगा राई, त्रियुगा नगरपालिका १० का वडाध्यक्ष प्रकाशकुमार खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का लगायतले बोलेका थिए । यसअघि स्व. राई स्मृति अक्षयकोष व्यवस्थापन समितिले राईले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै स्मारिकाको पहिलो अंक प्रकाशन गरी बजारमा ल्याई सकेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *