प्रहरी नियन्त्रणमा रहेको टिफर, जरिवानापछि छुटे

उदयपुर ।  ऐन विपरित निर्माणाधिन वैकल्पिक लोकमार्गमा प्रयोग गर्न उदयपुरमा उत्पादित ढुंगा गिटी बालुवा अवैधरुपमा जिल्लाबाहिर निकासी गर्ने ११ टिफर जरिवानापछि छुटेका छन् । जिल्लाको त्रियुगा नगरपालिका ७ चुहाडेबाट आईतवार अवैधरुपमा जिल्लाबाहिर निकासी हुदैगर्दा प्रहरीले नियन्त्रणमा लिएको सो टिफरहरु जरिवानापछि मंगलवार छुटेको हो । टिफरहरुलाई प्रतिगोटा २ हजारको दरले जरिवाना गरिएको थियो । जरिवाना तिरेका टिफरहरुलाई इलाका प्रहरी कार्यालय जलजलेले नियन्त्रणमा लिएका थिए ।

टिफरहरु तत्कालिन जिल्ला विकास समिति उदयपुरले २०७१ सालमा कर निकासी सम्बन्धी निर्देशिका बनाए बमोजिम दुई हजार जरिवाना लिएर छाडिएको जिल्ला समन्वय समिति उदयपुरका सह–संयोजक गंगा राईले बताएका छन् । सह–संयोजक राईका अनुसार निर्देशिकामा भएअनुसार टिफरमा लोड भएका सम्पूर्ण सामग्रीहरु जफत समेत गरिएको छ । धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा खण्डको वैकल्पिक लोकमार्ग बन्न सुरु गरेसँगै १ वर्षयता सुरुभएको क्रसर उद्योगबाट लामो समयदेखि उक्त सामाग्रीहरु अवैधरुपमा जिल्लाबाहिर निकासी हुदै आएको स्थानीयहरु बताउँछन् ।

उनिहरुका अनुसार निर्माणाधिन वैकल्पिक लोकमार्गमा प्रयोग गर्न उद्योगबाट उत्पादित सामाग्रीहरु अवैधरुपमा जिल्लाबाहिर निकासी हुने स्थानीय सरोकारवाला मुखदर्शक हुने गरेको छ । निर्माण कम्पनी जेडर्आइईसी÷शर्मा÷लामा जेभीले आयोजनाको पूर्वी खण्डलाई आवश्यक पर्ने सामग्री उत्पादन गर्नेगरी ‘निर्माण सामग्री प्रशोधन प्लान्ट’ स्थापना गरेर वरिपरिका त्रियुगा र काली खोला बगरका ढुंगा गिटी उत्खनन र संकलन गर्दै गिटी बालुवा प्रशोधन गर्दै आएको छ । उक्त उद्योग परिसरमा केहिसमय अघि अज्ञात समूहद्धारा सक्तिशालि बेवारिसे बम बिष्फोट भएको थियो ।

भिडियोः–

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *