उदयपुरमा आगलागीबाट २ घर नष्ट

उदयपुर । उदयपुरमा आगलागीबाट आईतबार साँझ दुईघर जलेर नष्ट भएका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका ७ मा एक्कासी उब्जिएर लागेको आगोले स्थानीय हस्तबहादुर सार्की र मानध्वज सार्कीको घर र गुवाली नष्ट गरेको हो । यसअघि उदयपुरमा २ दर्जनबढी घर आगालागीबाट खरानी भईसकेका छन् । प्रहरीका अनुसार अन्दाजी साँझ ५ः०० बजेजस्तो समयमा हस्तबहादुरको भान्साघरबाट सल्केको आगोले उनको घर र घरभित्र रहेका सबै अन्नपात र सामग्री नष्ट पारेको छ ।

घरसँगै टाँसिएर रहेका बस्तुभाउ बाँध्ने गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सोही घरबाट सल्किउको आगोले छिमेकी मानध्जवको पनि घर र गोठ जलेको हो । दुवैको घर काठ र फुसको छानोवाल भएको प्रहरीले जनाएको छ । घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा र कागजात जलेर दुवैको गरी ५ लाख बराबरको क्षति पुगेको सर्जमिन मुचुल्का प्रहरीले तयार गरेको जनाइएको छ । गाउँपालिकासँग दमकल नभएको तथा अन्यत्रबाट ल्याउन सडक नपुगेका कारण आगो निभाउन गाउँलेहरुलाई हम्मे परेको थियो ।

वल्लोगाउँ र पल्लोगाउँबाट भेला भएका स्थानीय र उदयपुरगढीबाट गएको प्रहरी टोलीको संयुक्त प्रयासमा साढे ४ः०० घण्टा लगाएर राति ८ बजेतिर आगो नियन्त्रणमा लिएको प्रहरी प्रमुख नवराज भट्टले बताए । उज्यालोमै आगलागी भएका कारण मानवीय र चौपाया क्षति भने हुन नपाएको उनले बताए । घर गोठ जलेपछि दुवै पीडित परिवार छमेकीको सरणमा बस्नुपरेको स्थानीयले बताएका छन् ।

katari-mela

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *