पूर्वाञ्चल महोत्सवमा ग्याङ फाइट, प्रशासनले गम्भीर त्रुटी गरेको आरोप

उदयपुर, २१ फागुन । फागुन १८ देखि उदयपुरको सदरमुकाम गाईघाटमा सञ्चालन भएको चौथो पूर्वाञ्चल महोत्सव झन–झन असुरक्षित बन्दै गएको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाट उदयपुरको आयोजनामा भएको सो महोत्सव झन–झन असुरक्षित बन्दै गएको हो ।

एसएलसी परिक्षाको मुखमा आयोजना भएको भन्दै आयोजकको चर्को आलोचना भईरहदा अहिले बिभिन्न बिकृति संगै मेलामा ग्याङ फाईट समेत हुने गरेको छ । साँझको समय सञ्चालन हुने सो मेलामा अबैधरुप ढंगले बिभिन्न खेलहरु समेत खेलाउदै आएको छ । मादक पदार्थ सेवन गरि आएका स्थानीय युवाहरुबिच शुक्रवार साँझ एक आपसमा ग्याङ फाईट भएको थियो । ग्याङ फाईटबाट आधा दर्जन युवाहरु घाईते भएको प्रहरीले जनाएको छ । एसएलसीको मुखमा मेला महोत्सव गर्ने स्विकृति दिएर एसएलसी तयारीका विद्यार्थीलाई असर पुर्याएको भन्दै जिल्ला प्रशासन कार्यालयको समेत स्थानीयहरुले आलोचना गर्दै आएको छ । “अन्य जिल्लामा एसएलसी सफल र मर्या्दित बनाउने काम गर्छ” स्थानीयहरु भन्छन् “उदयपुरमा भने स्थानीय प्रशासन स्वयमले विद्यार्थीलाई असर पुर्याउने काम गरेको छ” । चैत ३ देखिको एसएलसी परिक्षाको मुखमा पढ्ने बेलामा महोत्सवको होहल्लाले पढ्न नसकिएको एसएलसी तयारीका विद्यार्थी मौसम बनेमले बताएका छन् । मेलाभित्र मादकपदार्थ विक्री गर्ने र अबैधरुपमा विभिन्न खेल खेलाइएको मेलामा अधिकांश एसएलसी उमेर समुहका युवायुवतीहरु अलमलिने गरेका छन् । यतिबेला गाउँगाउँदेखि सदरमुकाम गाईघाटमा एसएलसी तयारीका लागि विद्यार्थी आएका छन् ।

दश किलोमिटर टाढासम्म घरमा पढ्न बसेका विद्यार्थीलाई महोत्सवको आवाजले बाधा पुर्याएपछि कतिपय विद्यार्थीहरु महोत्सवमै गएर रमझममा रमाउने गरेका छन् । एसएलसीको मुखमा मेला महोत्सव हुनाले विद्यार्थीप्रति साह्रै चिन्ता बढेको शिक्षक नरेश मिश्रले बताए । यस विषयमा प्रशासनको गम्भिर त्रुटी भएको स्थानीय अभिभावकहरुको भनाई छ । शुल्क अत्याधिक महंगो गर्ने र राती अबेरसम्म सन्चालन गरेर विकृति फैलाउने काम भइरहदासम्म स्थानीय प्रशासन आँखा चिम्लिरहेको छ । ब्यापार, पर्यटन प्रवर्धनको पाटो नाममात्रको राखेर अन्य कमाउधन्दा सन्चालन भईरहेको छ । कमाउधन्दाका लागि त्रियुगा उद्योग वाणिज्य संघले बर्षमा दुई दुई पटक आयोजना गरेको महोत्सवमा जिल्ला विकास समिति, त्रियुगा नगरपालिका, घरेलु तथा साना उद्योग विकास समिति लगायतले पनि लगानी गर्दा सरकारी निकायको गल्ती भएको छ । आधादर्जन एलएलसीको समयलाई प्रवाह नगरी तथा गरेको मेलामा दिनदिनै झमेला हुनुका साथै विद्यार्थीहरु रतमझममा भुलिएपछि स्थानीयले मेला बन्दको माग गरेका छन् ।

मेलाको अबैधानिकताका कारण सुरक्षाकर्मी नखटिदा दैनिक झमेला बढिरहेको छ । विहिबार बेलुका मेलामा मादक पदार्थ सेवन गरेका एक ब्यक्ति पिङबाट लडेर गम्भिर घाइते भएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *