उदयपुर नापी प्रमुख घुससहित रंगेहात पक्राउ

गजेन्द्र राई
उदयपुर । उदयपुरका नापी शाखा प्रमुख श्यामबाबु साह बिहीबार विहान घुससहति पक्राउ परेका छन् । बिहानै सेवाग्राहीबाट लिएको ५० हजार घुससहित विहान उनि अख्तियार अनुसन्धान आयोगको टोलीले निवासबाटै पक्राउ गरेको हो । आप्mनै निवासमा रहेका साहलाई अख्तियारको पूर्व क्षेत्रीय कार्यालय इटहरीबाट आएको प्रहरी निरीक्षक कमाण्डको टोलीले छापा मार्दा नगदसहित उनी पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले अख्तियारको टोलीले उनको निवासमा छापा मारेको पुष्टि गरे ।

घुस कसले दिएको भन्ने खुलिसकेको छैन । सदरमुकामको मुटुमा रहेको त्रियुगा माध्यामिक विद्यालयको जग्गा अतिक्रमण गर्ने गरी नक्शा परिवर्तन गर्न केही भूमाफीयाले ३ वर्षदेखि प्रयास गरिरहेको विषयमा प्रमुख साह र जग्गाधनीबीच बार्गेनिङ चलेको स्रोतको दाबी छ । नक्शा सुधार गरेवापत २ लाख लिने सहमति भएको र ५० हजार पेश्कीवापत लिएको उजुरी आएपछि अख्तियारको टोलीले उनको निवासमा छापा मारेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले साह पक्राउ परेको पुष्टि गर्दै सबै विवरण आफुलाई प्राप्त नभईसकेको बताए । ‘अघिल्लो दिन सेवाग्राहीबाट ५० हजार लिएको उजुरी परे अनुसार अख्तियारको टोलीले प्रमुख साहको निवासमा छापा मारेको हो’ उनले भने ‘तर, विस्तृत विवरण भने प्राप्त भईसकेको छैन ।’

katari-mela

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *