उदयपुर । पत्रकारले सुचना मागेपछि उदयपुरमा रहेको एक बाल संगठनका कार्यालय प्रमुखले कार्यालयमा रहेको सूचना लुकाउने गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका– १० बोक्से चोकमा रहेको नेपाल बाल संगठनका कार्यालय प्रमुख भक्तिकुमारी खत्रीले सूचना लुकाउने गरेको छ । तत्कालीन बडामहाराज÷बडामहारानीहरुले गतिबिधि गर्ने मञ्चकारुपमा स्थापित संस्थाबारे लामो समयदेखि जनता बेखबर रहेको स्थानीयहरुले गुनासो गरेपछि पत्रकारले सूचना मागेका थिए । सूचनाको हकसम्बधी ऐन २०६४ को दफा ३ र ७ अनुसार गत पुष २३ गते पत्रकार गजेन्द्र राईले सूचना मागेका थिए ।
नेपाल पत्रकार महासंघ शाखा उदयपुरका सह–सचिबसमेत रहेका पत्रकार राईले आफुले मागेको सूचनाका लागि पटक–पटक आग्रह गर्दासमेत कार्यालय प्रमुख खत्रीले बिभिन्न बहाना देखाएर बेवस्था गर्ने गरेको बताएका छन् । पत्रकार राईका अनुसार मागेको सूचना पाउन संगठनको नाममा पुनः चैत्र १० गते निबेदन दिएका थिए । निबेदनमा जिल्ला प्रशासन कार्यालय उदयपुर र त्रियुगा नगरपालिका वडा नम्बर १० को वडा कार्यालयलाई समेत बोधार्थ गरिएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले निबेदनको बोधार्थ पाए लगत्तै पत्रकार राईले मागेको सूचना दिन प्रमुख खत्रीलाई निर्देशन दिईसकेको बताएका छन् ।
प्रशासकीय अधिकृत खड्काका अनुसार प्रमुख खत्रीलाई बोलाएर रितपुर्वक आएको निबेदनलाई यथाशीघ्र कार्वाही गर्नसमेत सचेत गराईएको छ । त्यसैगरि त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकाशकुमार खड्काले त्यस संस्थाको बिषयमा पटक–पटक कुरा उठाउदै आएको बताएका छन् । अध्यक्ष खड्काले पटक–पटक कुरा उठाउदै आएको कारण संस्थाको केहि पदाधिकारी र कार्यालय प्रखमुसंग बोल्चालै बन्द रहेको बताए । श्रोतका अनुसार संस्थाको नाममा आएको निबेदन प्रमुख खत्रीले कार्यसमितिको बैठकमा समेत पेश गर्दैनन् । उल्टो आफु अनुकुल संस्थालाई चलाउन खोज्ने गरेको छ । संस्थाका अध्यक्ष समुद्रीप्रसाद चौधरी र कार्यालय प्रमुख खत्रीलाई संस्थाको नाममा रहेको चलअचल सम्पतिलाई व्यक्तिगत आयस्रोतको थलो बनाएको आरोप लाग्दै आएका छन् ।