चैत्र २८ देखि कटारीमा बाल महोत्सव

उदयपुर ।  जनप्रेमी युवा मञ्च उदयपुरको आयोजनामा आगामी चैत्र २८ देखि बैशाख ८ गतेसम्म बाल महोत्सव तथा व्यापार मेला सञ्चालन हुने भएको छ ।  ‘भोलिको नेतृत्व आजकै सुरुवात, हामी बालक भविष्यको कर्णधार’ भन्ने नाराका साथ महोत्सब सुरु हुन लागेको हो । १ नम्बर प्रदेश स्थित सामाजिक बिकास मन्त्रालयको मुख्य सहयोग रहेकोे महोत्सव कटारीको टाईगर फिल्डमा सञ्चालन हुने मञ्चका अध्यक्ष शुरेस गुप्ताले बताएका छन् ।

अध्यक्ष गुप्ताका अनुसार महोत्सवमा बाल अधिकार सम्बन्धि बिभिन्न सचेतना मुलक कार्यक्रम, उद्योग, व्यापार, कृषि, शैक्षिक, पर्यटन, लघु उद्यम र सूचना प्रविधिको वृहत प्रदर्शनी रहने छ । महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने छ । महोत्सवमा स्थानिय उत्पादनहरुको प्रदर्शनी तथा विक्रि, लघु, घरेलु उत्पादनका सामाग्रीलाई विशेष प्राथमिक्ता दिईएको छ । महोत्सवमा राष्ट्रिय कलाकारहरु शिब परियार, मेलिना राई, ईन्दिरा जोशी, श्रीकृष्ण लुईटेल, रमेशराज भट्टराई, सुनिल गिरी, पशुपति शर्मा, शाहिमा श्रेष्ठ, कमल खत्री लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।

महोत्सवलाई सफल बनाउन विभिन्न संचार माध्यम र विभिन्न माध्यमबाट प्रचार–प्रसार भईरहेको छ । महोत्सवमा दुई सय बढि स्टलहरु रहने आयोजकले जनाएको छ । स्टलहरुमा विभिन्न प्रदर्शनी तथा विक्रि वितरण समेत गरिने छ । महोत्सव आकर्षणको रुपमा बिश्वको सबैभन्दा ठुलो चरा, ५१ फिट अग्लो शिवलिङ्ग, उट लगायत रहने अयोजकले जनाएको छ । १० दिनसम्म सञ्चालन रहने महोत्सवलाई १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्ने भएको छ ।

katari-mela

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *