बन कर्मचारीद्धारा उदयपुरमा सांसदहरुको अपमान

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा भईरहेको सडक बिस्तारको क्रममा बिवाद् हुदा वन कर्मचारीले जनप्रतिनिधि र सदहरुको अपमान गरेको स्थानीय सरोकारवालाहरुले बताएका छन् । जनप्रतिनिधिहरु र सेक्टर वन कार्यालय कटारीका वरिष्ठ वन अधिकृत नारायण श्रेष्ठ बीच भएको सामान्य कुरालाई पछिलो समय वरिष्ठ वन अधिकृत श्रेष्ठले अतिरन्जित गर्न खोजेको उनिहरुको आरोप छ । गत १० गते बिवादलाई लिएर भएको छलफलमा उल्टै जनप्रतिनिधिहरु र सांसदहरुको वरिष्ठ वन अधिकृत श्रेष्ठले अपमान गरेको उनिहरु बताउछन् ।

घटनाका प्रत्यक्षदर्शी हिमाली यातायात व्यवसायी संघका उपमहासचिव शत्रुधन कार्कीका अनुसार छलफलका लागि बन कार्यालय पुगेका उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद शुरेसकुमार राईलाई तपाई कुन वन समुह अध्यक्ष हो ? भनेर वरिष्ठ वन अधिकृत श्रेष्ठले ठाडो प्रश्न गरेका थिए भने सोही क्षेत्र अन्तरगत प्रदेश सांसद कला घलेलाई वन समुहको सदस्य कला राई हैन् ? भनेर उत्तेजकढंगले प्रश्न गरेका थिए । कार्यालय जानअघि पटक पटक सांसदद्वयले फोन गर्दा उपसचिव श्रेष्ठले फोन नउठाएपछि कार्यालय गएका थिए ।

चिने पनि नचिने झै गरेका श्रेष्ठलाई आफुले सौहाद्रपूर्ण ढंगले सांसद ज्यूहरु जनताको गुनासोबारे छलफल गर्न आउनुभएको हो भन्दासमेत व्यवास्ता गरेको कार्कीले बताए । सडक क्षेत्रमा भएको विवादको बिषयमा स्थलगतरुपमा गएर हेरौ भन्ने प्रस्ताव गर्दा उनी नमानेपछि आक्रोसित सर्बसाधारणले उनलाई बाहिरसम्म तानेर निकालेको कार्कीले बताए । “तीनवर्षदेखि सोही क्षेत्रमा सेक्टर वनको इन्चार्ज रहेका श्रेष्ठले सोही ठाउँबाट जननिर्बाचित सांसदहरुलाई चिन्दिन भन्नु मात्रै पनि अपमान हो ।” कार्कीले भने । वरिष्ठ वन अधिकृत श्रेष्ठले लगाएको कुटपिटको आरोप पुष्टि गर्न चुनौती दिदै जनप्रतिनिधिहरुले जननिर्बाचित जनप्रतिनिधि तथा सांसदहरुको अपमानकोसमेत हिसावकिताव चाहिने बताएका छन् ।

कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ आफु मेयरको हैसियतले वन अधिकृत श्रेष्ठसंग हालका जटिल समस्याहरु बन डढेलो, डढेलोबाट बस्ति सुरक्षा, सडक, नाली जस्ता विकास निर्माणका बारेमा अपसी सहयोग र समन्वय गर्न लामो समयदेखि सम्पर्क गरेपनि फोनसम्म नउठाएको र सांसदहरुसंग कार्यालयमै पुगेर छलफल गर्न खोज्दा अनावश्यक लफडा निकालेर उल्टै आरोप लगाएको बताए ।
४ मिटरको सडकलाई ६ मिटरको हुनेगरी स्तरोन्नती गर्दा रुख नकाटिएको दावी गर्दै उनले उक्त सडकको ट्रयाक खोल्न आफैले स्विकृति दिएका वरिष्ठ वन अधिकृत श्रेष्ठले अनावश्यक रिसीवी साध्न र जनतालाई दुःख दिन स्काभेटर चालक पक्राउ गरेर समस्या सिर्जना गरेको मेयर श्रेष्ठले बताए ।

जताततै डढेलो लागेको छ, बस्ति खतरामा परेका छन्, नियन्त्रणमा वन अधिकृत श्रेष्ठले पुरै वेवास्ता गर्र्ने गरेपछि आफै राती पनि नभनी दमकल लिएर जंगल पुगेर आगो नियन्त्रणमा लिएको मेयर श्रेष्ठले बताए । मेयर श्रेष्ठले वन अधिकृत श्रेष्ठलाई कुटपिट नभएको समेत बताका छन् । स्थानीयस्तरको समस्या हलमा कुनै चासो नदेखाउने वन अधिकृत श्रेष्ठले जनप्रतिनिधिहरुलाई पुरै व्यवस्ता गर्ने गरेको उपमेयर भिमकुमारी राउतले बताए । खसीबास सडक नयाँ नभई २ बर्ष अघिको पुरानै सडकलाई स्तरोन्नती गरिएको उममेयर राउतले बताए । स्थानीयहरुका अनुसार सडक अभावमा विरामीलाई बजारसम्म ल्याउन नसकिएपछि ट्रयाक खोलेर अहिले स्तरोन्नती गरिएको हो ।

तत्कालिन सामुदायिक वनका अध्यक्ष काशीराज पोखरेलका अनुसार तत्कालिन अबस्थामा सडकको ट्रयाक खोल्दा पनि वन अधिकृत श्रेष्ठले अवरोध पुर्याएका थिए । त्यस बखत उनले मोटो रकम घुस लिएर मात्र स्वीकृती दिएको आरोप उनको छ । हडैया जाने सडकमा समेत श्रेष्ठले अवरोध पुर्याएपछि १ लाख २५ हजार दिने सहमतिमा मौन स्वीकृती दिएको आरोप लगाए । प्रतिनिधिसभा सांसद राईले जनताको विकास निर्माणमा वन अधिकृत श्रेष्ठ बाधक देखिएपछि छलफल गर्न जाँदा आफुहरुसमेत अपमानित बन्नु परेको बताए । प्रदेश सांसद कला घलेले वन अधिकृत श्रेष्ठलाई कानून सबैको हो, वन संरक्षण सबैको कर्तव्य भएकोले छलफलबाट समस्याको समाधान खोज्न अनुरोध गर्दा पनि वेवास्ता गरेको बताए ।

कटारी नगरपालिकाले विनियोजन गरेको वजेटबाट खसीबास सडक विस्तार गर्नेक्रममा वन अधिकृत श्रेष्ठले स्काईभेटर चालक राज कटुवाल र तुलसी बुढाथोकीलाई पक्राउ गरी कारवाही चलाएको छ । सोही विषयमा जानकारी लिन प्रतिनिधिसभाका सांसद राई, प्रदेशसभाका सांसद घले, कटारी ननगरपालिका प्रमुख (मेयर) ज्ञानेन्द्र श्रेष्ठ, कटारी नपा वडानं १ का वडाध्यक्ष नवराज पोखरेलसमेतको एक टोली सेक्टर वन कार्यालय पुगेको थियो । घटनाको बिषयलाई लिएर चैत्र १२ गते जिल्ला प्रशासन कार्यालयमा आफुमाथि दुब्र्यवहार भएको भन्दै निवेदन दर्ता गराएका बन अधिकृत श्रेष्ठले आफु कानूनी कारवाहीका लागि अगाडी बढेको बताएका छन् । प्रतिनिधिसभा सांसद राई र प्रदेश सभा घलेलाई आफुले नचिनेको बताउने श्रेष्ठको आफुमाथि ठूलो समुहले दुब्र्यवहार गरेको भनाई छ ।

katari-mela

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *