उदयपुर गोल्ड कप : रुपन्देही ११ ले चुम्यो उपाधी

गजेन्द्र राई
उदयपुर, ५ फागुन ।
थारुहट उदयपुर रंगशाला गाईघाटमा सन्चालन भएको गोल्डकपको विहिबार भएको फाईनल खेलमा रुपन्देही ११ ले मोरङ ११ लाई पराजित गर्दै उपाधि चुमेको छ ।

उसले टाइवेकरमा ३ को विरुद्ध ४ गोल गदै एक गोलको अन्तरले जीतेर उपाधि चुम्न सफल भएको हो । उपाधि चुमेसंगै विजेता रुपन्देहीले दुईलाख नगद पुरस्कारसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता मोरङले एक लाख नगद पुरस्कारसहित शिल्ड र प्रमा णपत्रमा चित्त बुझाउनु परेको छ । निर्धारित ९० मिनेटको खेल अवधिभर दुबै टिमबाट गोलको खाता खोल्न सकेनन् । जिरो गोलको बराबरीमा खेल सकिएपछि भएको टाइवेकरमा एक गोलको अग्रताले रुपन्देही विजेता बन्न सफल बन्यो । टाइवेकरमा रुपन्देहीको तर्फबाट जर्सी नम्बर १९ का सुबास मगर, जर्सी नम्बर १८ का बुद्ध चेम्जोङ, जर्सी नम्बर ८ का उत्तम गुरुङ र जर्सी नम्बर २५ का दिलिप क्षत्रीले गोल गरेका थिए । क्षत्रीको गोल नै निर्णायक बन्न पुगेको थियो ।

udayapurgoldcup2073-finalmatch

त्यस्तै मोरङको तर्फबाट जर्सी नम्बर ६ का निरज बस्नेत, जर्सी नम्बर ४ का बुद्धिमान राई र जर्सी नम्बर ३ का विकास खवासले गोल गरेका थिए । मोरङका जर्सी नम्बर १६ का विदुर रिजाल र जर्सी नम्बर १३ का अनस मगरले गोल मिस गरेका थिए भने रुपन्देहीको तर्फबाट एकमात्र गोल जर्सी नम्बर ४ का कालु थापाले मिस गरेका थिए । खेलको म्यान अफ दि म्याच रुपन्देहीका पिटर घोषित भए । सर्बेात्कृष्ठ खेलाडी मोरङका निरज बस्नेत घोािष्त भए । उत्कृष्ठ गोलरक्षक रुपन्देहीका दिलिप क्षत्री घोषित भए भने उदयमान खेलाडी उदयपुरका रामु थापा मगर घोषित भए । सर्बाधिक गोलकर्ताहरु हिमालयन शेर्पाका विश्वास श्रेष्ठ, रुपन्देहीका दिवक राई र संकटका राजु पौडेल भए । उनीहरुले दुई दुई गोल गरेका थिए । विजेता र उपविजेता टिमहरुलाई प्रमूख अतिथि अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष नरेन्द्र श्रेष्ठ, प्रमूख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, प्रहरी प्रमूख नरबहादुर केसी लगायतले नगद पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गर्नुभयो ।

रुपन्देही ११ ले हिमालयन शेर्पालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने मोरङ ११ ले संकटा काठमाडौंलाई पराजित गरी फाईनलमा प्रवेश गरेको हो । गत फागुन २७ गतेदेखि सन्चालन भएको गोल्डकममा ८ टिमले भाग लिएका थिएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *